राष्ट्रिय खेलकुद नीति, २०६७

युवाहरुको खेलकुद प्रतिको झुकाव दिन प्रति दिन बढ्दै गहिरहेको छ । युवाहरुको ढुकढुकी बन्न सफल खेलकुद क्षेत्रलाई समय सापेक्षरुपमा परिमार्जन तथा विकास गर्न नसक्दा यस क्षेत्रमा लागेका युवाहरुको भविष्य पनि अन्योलमा पर्न जान्छ । नेपालमा क्षमतावान खेलाडी तथा खेलकुदप्रेमीहरु धेरै भएता पनि यस क्षेत्रमा पर्याप्त लगानी, उचित व्यवस्थापन तथा कार्यान्वयन नहुदा यस क्षेत्रको आवश्यकीय मात्रामा विकास हुन नसकेको गुनासो खेलाडीहरुको रहेको कुरा उहाँहरुले देएको अन्र्तवार्ता तथा भनाईहरुले प्रष्ट पार्दछ । नेपालको राष्ट्रिय खेलकुद नीति, २०६७ ले नेपालमा खेलकुद क्षेत्रको विकासको लागि के–कस्ता नीति तथा कार्यक्रमहरु ल्याएको छ भन्ने बारेमा हामी बुझ्नु आवश्यक छ, जसलाई तह प्रस्तुत गरिएको छ ।

नेपालको खेलकुद क्षेत्रलाई विश्वव्यापी मूल्य र मान्यता अनुसार विकास तथा विस्तार गर्न खेलकुदको सांगठनिक ढाँचामा समय सापेक्ष सुधार गर्न, सरकारी, गैरसरकारी एवं निजी क्षेत्रका खेलकुद संस्था बीच समन्वय, सहकार्य एवं साझेदारीको वातावरण सिर्जना गरी खेलकुदलाई जनजीवनको अभिन्न अंग बनाउन शारीरिक, मानसिक, वौद्धिक र नैतिक क्षमतायुक्त मानव संसाधनको विकास गरी खेलकुदलाई रोजगारीमूलक व्यवसायको रुपमा स्थापित गर्न अनुशासित र मर्यादित समाज बनाउन तथा खेलकुद कार्यक्रमलाई स्थानीय तहदेखि नै सञ्चालन गरी सबैको लागि खेलकुद भन्ने अभियानलाई साकार पार्न वान्छनीय भएकोले यो राष्टिय खेलकुद नीति, २०६७ जारी गरिएको छ ।
राष्ट्रिय खेलकुद नीति, २०६७ डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

राष्ट्रिय खेलकुद नीति, २०६७