केन्द्रिय युवा सुचना केन्द्रको निर्माण

युवा तथा खेलकुद मन्त्रालयले मिति २०७१ माघ ५ गते केन्द्रिय युवा सुचना केन्द्रको उद्घाटन तथा केन्द्रिय युवा सुचना केन्द्रको वेब साईट http://www.cyic.gov.np को सुभारम्भ गरेको छ । माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उक्त केन्द्रको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा मन्त्री पौडेलले युवाहरुको चौतर्फी विकासको लागि सूचनाको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै युवा तथा खेलकुद मन्त्रालयले देश भरीका युवाहरुलाई सहजरुपमा युवा उपयोगी सूचनाहरु उपलब्ध गराउने उद्देश्यले केन्द्रिय युवा सूचनाका अलवा पचहत्तरै जिल्लामा युवा सूचना केन्द्र स्थापना गरी कार्य अगाडी कार्य अगाडी बढाउने कुरा बताउनु भयो । साथै उहाँले मन्त्रालयको यस अभियानलाई सहयोग पर्याउन सबै युवा संवद्ध संघ–संस्था तथा संचार जगतलाई आग्रह समेत गर्नु भयो । कार्यक्रमको अध्यक्षता गर्नु भएका मन्त्रालयका सह–सचिव चुडामणी पौडेलले युवा परिषद ऐन पारित युवा परिषद गठन भएपछि युवा सुचना केन्द्रहरु अझ सुदृढ हुदै जाने बताउनु भयो । पुस्ताकलयमा युवाहरुका लागि उपयोगी पुस्तकहरु त्था राष्ट्रिय स्तरका पत्रपत्रिकाहरु रहेका छन भने कम्प्युटर कक्षमा ७ वटा कम्प्युटर, प्रिन्टर तथा इन्टरनेटको सुविधा उपलब्ध छ । केन्द्रिय युवा सुचना केन्द्रको सुदृढिकरणमा मन्त्रालयलाई सेभ द चिल्ड्रेनबाट कम्प्युटर, पुस्तकहरु लगाएतका सामग्रीहरुको सहयोग प्राप्त भएको जानकारी कार्यक्रममा दिईयो । कमलपोखरी स्थीत लोकसेवा आयोगको भवन परिसर भित्र रहेको उक्त कार्यलयमा जो सुकैले पनि कार्यलय समयमा सेवा लिन सक्नेछन् । मन्त्रालय स्रोतका अनुसार केन्द्रिय युवा सुचना केन्द्रले युवा सुचना केन्द्रमा गएर सुचना लिन नभ्याउनेका लागि इमेलबाट पनि माग गरिएका सुचना तथा सामग्रीहरु उपलब्ध गराउने उद्देश्यले यसको संचालन गरिएको हो ।

युवाको चौतर्फी विकासको लागि स्थापना गरिएको यस केन्द्रले युवाको विकासको लागि कत्तीको प्रभावकारी भूमिका प्रदान गर्ने छ भन्ने कुरा भविष्यमा यसको कार्यान्वयनको प्रभावकारीता निर्भर गर्दछ ।