शीर्ष नेताहरुलाई मिलाउन युवा नेताहरु कस्सिए

६ फागुन, काठमाण्डौं । कांग्रेश, एमाले र एमाओवादीका दोस्रो तहका युवा नेताहरुले फागुन १६ अघि नै सहमतिमा पुग्न आ–आफ्ना दलका युवा नेताहरुलाई मनाउने निर्णय गरेका छन् । अनलाईन खबरमा प्रकाशित समाचारका अनुसार मंगलवार राति साढे दश बजेसम्म महाराजगंजको एक क्याफेमा छलफल गरेका युवा नेताहरुले बुधबारनै आ–आफ्ना शीर्ष नेताहरुलाई छलफलको बिषयमा जानकारी गराउने भएका छन् ।

“मथिका नेताहरु एक–आपसमा पाखुरा सुर्किरहेको बेलामा हामीले सहमतिको आधार बनाउन खोजेका हौं” छलफलमा उपस्थित एक सभागीले जानकारी दिनु भयो ।

तीनै दलका नेताहरुले शीर्ष नेताहरुबीचको वाकयुद्ध न्यूनिकरण गर्दै एक अर्कोलाई आक्षेप लगाउने अभिव्यक्ति नदिन आ–आफ्ना नेताहरुको ध्यानाकर्षण गराउने सहमति जुटाएका छन् ।

अब दोस्रो चरणको छलफल संविधानमा नमिलेका विषयबस्तुमा आ–आफ्ना दलका शिर्षस्थ नेताहरुलाई कसरी कन्भिस गर्ने भन्नेमा केन्द्रित हुने भएको छ । फागुन १६ मा विपक्षी मोर्चाको दास्रो चरणको आन्दोलन र प्रदर्शन अघि वार्ता प्रक्रिया अघि बढाउने समहति भएको स्रोतले जनाएको छ ।

छलफलमा एमाओवादीका युवा नेताहरुले एमालेका नेताहरुलाई अध्यक्ष केपी आलीलाई मनाउन आग्रह गरेका थिए । करिब चार घण्टा चलेको युवा नेतारुहरुको उक्त छलफलले शीर्ष नेताहरुलाई सहमतिमा ल्याउने प्रतिबद्धता समेत जनाएका थिए ।

छलफलमा कांग्रेसबाट बालकृष्ण खाँड, नविन्द्रराज जोशी, गगन थापा, चन्द्र भण्डारी, बदी पाण्डे र विश्वप्रकाश शर्माको उपस्थिति थियो भने एमालेबाट प्रदीप ज्ञवाली, शंकर पोखरेल, रविन्द्र अधिकारी, भानुभक्त ढकाल र राजन भट्टराईको उपस्थिति थियो । त्यस्तै गरी एमाओवादीको तर्फबाट टोप बहादुर रायमाझी, वर्षमान पुन, शक्ति बस्नेत र गंगा श्रेष्ठको सहभागीता थियो ।