नेपाली युवाले बनाए खाता खोल्दा डलर पाउने वेबसाईट

काठमाण्डौं, नेपाली युवाहरुले खाता खोल्दा नगद पुरस्कार पाउने विशेषता भएको वेबसाईटको निर्माण गरेका छन् । सगुन डट कम नाम गरेको उक्त वेबसाईटमा प्रयोगकर्ताले खाता खोल्दा, साथी बनाउदा नगद पुरस्कार दिने व्यवस्था रहेको छ । बुधवार सार्वजनिक गरिएको उक्त वेबसाईटमा सोसल स्मार्ट कार्ड र ब्यक्तिगत तथा ब्यवसायिक पेज भएको साईट अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको सगुन इकले सार्वजनिक गरेका हो ।

सिस्टम इन्जीनियरको रुपमा काम गरिरहेका गोविन्द गिरीले स्थापना गरेको सगुन इंक कम्पनीले यस्तो एप्लीकेशन निर्माण गरेको हो । पेन्टागनमा रहदा गिरीले सगुनलाई गुगल जस्तै सर्च इन्जिन बनाउने प्रयास गरेका थिए । सगुनलाई सामाजिक सञ्जाल जस्तै “सगुन” एप्लीकेशनको रुपमा विकास गरेर सार्वजनिक गरिएको हो । यसमा फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्राम सहितका मेसेजिङ साईटको विशेषता छ । www.sagoon.com मा खाता खोल्ना साथ प्रयोगकर्ताले ५ डलर प्राप्त गर्नेछन् ।