मैत्रिपूर्ण फुट्सल खेल

Futsal Match Group Photo

युवा राजनीतिज्ञ र राज्यका मुख्य सरोकारवालाहरु बिच सम्बन्भ बिस्तार गर्ने उद्देश्यले मिति २०७० साल जेष्ठ ३१ गते युवा राजनीतिज्ञ र युवा उद्यमी बिच अनौपचारिक मैतिपूर्ण फुट्सल खेलको आयोजना गरिएको थियो । पुरानो बानेश्वरको मैदान फुट्सलमा आयोजीत मैतिपूर्ण खेलमा युवा राजनीतिज्ञ, युवा उद्यमी तथा कुटनीतिज्ञहरुको उपस्थिति थियो । कार्यक्रममा नर्वेजीयन राजदुतावासका राजदुत महामहिम अल्फ आर्न राम्सलिनले आफ्ना भनाईहरु राख्नु भएको थियो । साथै उहाँले खेलमा मनोरञ्जन लिएको र यस्तो प्रकारको कार्यक्रमले सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । त्यस्तै युवा राजनीतिज्ञको तर्फबाट वाईसिएल, नेपालका सचिव आर.सि. शर्माले आयोजकलाई धन्यवाद दिदै मन्तव्य राख्नु भएको थियो ।