युथ भिजन कार्यान्वयन गर्ने युवा मन्त्रीको प्रतिबद्धता

काठमाण्डौं, चैत्र १०, मंगलबार –सरकारले गत मंसिरमा गठन गरेको ‘राष्ट्रिय युवा नीति २०६६ पुनरावोलकन तथा युथ भिजन २०२५’ को मस्यौदाको प्रतिवेदन ग्रहण गर्दै त्यसलाई तत्काल कार्यान्वयन गर्ने बताएका छन् । राजधानीमा सोमबार युवा मन्त्रालयले आयोजना गरेको समारोहमा कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा १६ देखि ३५ वर्ष उमेर समुहका व्यक्तिहरुलाई युवा हुनु पर्ने प्रस्ताव गरेको छ । नीतिमा व्यवस्था भए अनुसार पाँच वर्षमा पहिलो पटक युवा नीति पुनरावोलकन तथा परिमार्जन गरिएको हो । १६ देखि २५ वर्षसम्म शिक्षा आर्जनको चरण र त्यसपछि ३५ वर्षसम्म युवाहरुको रोजगारीको चरण रहेको उल्लेख छ । युवाको संख्या १ करोड ७ लाख भन्दा बढि छ । हरेक वर्ष करिब ५ लाख युवा रोजगारीका लागि बाहिरिन्छन् ।

युवाहरुको समस्या र त्यसको समाधानको लागि पहिलो पटक “युथ भिजन–२०२५”को निर्माण गरिएको हो । ‘आम युवालाई सवल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै उनीहरुको सार्थक सहभागिता र नेतृत्व मार्फत् आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण भएको हुने ’ भिजनको मुल सन्देश रहेको छ । त्यसैगरी शिक्षा, रोजगार, स्वास्थ्य र सामाजिक सुरक्षा लगायतका युवा विकासका क्षेत्रमा व्यापक लगानी गरी आम युवा सहभागिता, सहकार्य र नेतृत्व विकासमार्फत आगामी दश वर्ष भित्र राष्ट्रिय समृद्धि, समानता र सामाजिक न्याय हासिल गर्दै

देशलाई अति कम विकसित राष्ट्रबाट द्रुत विकासशील राष्ट्रमा पुर्याउन सक्षम जनशक्ति तयार गर्ने उल्लेख छ ।
भिजनको निर्देशक सिद्दान्त अन्र्तगत चार ‘अ’ र चार ‘स’ रहेको छ । जसमा ‘अ’ अन्र्तगत अधिकारको सुनिश्चितता र जिम्मेवारी, आम समृद्धि, दिगो विकास र शान्ति, अनेकतामा राष्ट्रिय एकता र सहअस्तित्व रहेका छन् । ‘स’ मा सामाजिक न्याय र समानता, समावेशिता र समविकास, संरक्षण र संवद्र्धन तथा सहभागिता र सहकार्य छन् ।

युवाहरुलाई गुणस्तरीय व्यवसायिक शिक्षा, औपचारिक शिक्षा हासिल गरेकालाई सिपमूलक शिक्षा, लैङ्गिक समानता कायम गरी विशेष प्राथामिकतामा पारिएका युवा विद्यार्थीहरुको पहुँच विस्तार हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । सरकारले रोजगारी, उद्यमशिलता र सीप विकास प्रमुख रुपमा प्रथामिकतामा राखेर वार्षिक प्रत्यक्ष रोजगारी क्षेत्र सिर्जना गर्नुपर्ने र लघु उद्यम तथा स्वरोजगार गर्न प्रेरित गर्नुपर्ने भनिएको छ । युवा स्वास्थ्य र सामाजिक सुरक्षा, परिचालन, सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जनलाई प्राथामिकताका साथ अघि बढाउन भनिएको छ । ‘हामी सिर्जना, उत्पादनको युगमा छौं’ सत्तरी पृष्ठको युवा नीतिको परिमार्जित मस्यौदा र युथ भिजनको प्रतिवेदन बुझ्दै युवा मन्त्री पौडेले ‘सरकारले यो मस्यौदालाई यथासम्भव चाँडो पारित गर्नेछ’ भनेर भन्नु भएको समाचार कान्तिपर अनलाईन खबरमा प्रकाशित छ ।