नेपालको आर्थिक गन्तव्य–युवा नेतृत्वको भूमिका तथा अवसरहरु विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडाै बैशाख १–शाही नर्वेजिली राजदुतावास नेपालद्वारा नेपालको आर्थिक विकासका सम्भावनाहरुको बारेमा वैचारिक तथा तार्किक छलफललाई प्रवद्र्धन गर्ने उद्देश्यले मिति २०७२ साल बैशाख १ गते “नेपालको आर्थिक गन्तव्य– युवा नेतृत्वको भूमिका तथा अवसरहरु” विषयक छलफल कार्यक्रम सम्पन्न भयो । माननीय सभासद, राजनीतिक नेतृत्व, नीति–निर्माता तथा विशेषज्ञ, विचार निर्माता, विद्यार्थी राजनीतिक संगठनका प्रभावशाली नेतृत्व, पत्रकार, युवा र उद्यमशिलतामा काम गर्ने संस्थाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालको आर्थिक विकास र यसमा युवा नागरिकहरुको भूमिकाको बारेमा छलफल भएको थियो ।

DSC07037           DSC07034

कार्यक्रममा माननीय उद्योग मन्त्री श्री महेश बस्नेत ज्यूले उद्योग क्षेत्रमा वैदेशिक लगानीलाई आकर्षित गर्नको लागि भिसा, कर तथा बैङ्किक सुविधामा एक द्वार प्रणालीको सुरुवात गरेको कुरा जानकारी दिदै नेपालको आर्थिक उन्नतीको मार्गहरु विस्तारै खुल्दै गएको कुरा अवगत गराउनु भयो । अनिल चित्रकारद्धारा सञ्चालन गरिएको प्यानल छलफल सत्रमा माननीय सभासद उदय शम्शेर राणा ज्यूले नेपालको राजनीतिक परिवर्तनमा युवाहरुले उल्लेखनीय भूमिका निर्वाह गरेको तर त्यसपछि आर्थिक विकास गर्ने क्रममा युवाहरुको भूमिकालाई गौण बनाइएकाले नेपालको आर्थिक विकासमा शुस्तता छाएको कुरा जानकारी दिनु भयो । उक्त सत्रमा एनेकपा(माओवादी) का केन्द्रिय सदस्य खिमलाल देवकोटा ज्यूले नेपालको संविधान लेखन प्रक्रियाको समापन संग–संगै अघिल्लो पुस्ताको जेम्मेवारी पूर्ण हुने र नेतृत्वमा शुन्यता छाउने हुदा युवा नेतृत्वले देशको बागडोर सम्हाल्नु पर्ने कुरा बताउनु भयो । त्यस्तै नर्वेजेली स्टेट सेक्रेटरी माननीय मोर्टन हग्लण्ड ज्यूले नर्वे पनि नेपालको जस्तै इतिहासबाट गुज्रेको र त्यस अवस्थामा जलविद्युत र शिक्षामा लगानी मार्फत विकासको बाटोमा अगाडी बढेको हुनाले नेपालले पनि जलविद्युत र शिक्षामा लगानी गरी संमृद्धि हासिल गर्न सक्ने कुरा बताउनु भयो । साथै उहाँले संविधानको बारेमा नर्वेको संविधानको १०० वर्षे इतिहासको सफलताको उदाहरण दिदै संविधान लचिलो र समावेशी हुनुपर्ने धारणा व्यक्त गर्नु भयो ।

from left Hon Udaya Shumsher Rana, H.E Kjell Tormod Pettersen (Norwegian Embassy), Hon. Mahesh Basnet,Hon. Morten Hoglund, (Norwegian State Secretary, Mr. Khim Lal Devkota, Central Committee Member,             DSC07017

सहभागीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा युवा नतृेत्व र आर्थिक विकासको वारेमा सहभागी र विचारकर्ताहरुको बिचमा गहन छलफल तथा अन्र्तक्रिया भएको थियो । सहभागीहरुमा विकासको भावना जागृत गराउँदै नव वर्ष २०७२ सालको शुभकामना आदान–प्रदान संग–संगै कार्यक्रम सम्पन्न भयो ।