सहकार्य तथा क्षमता अभिबृद्धि कार्यक्रमः

स्रोत व्यक्ति डा. चिरञ्जीवी नेपाल र आठ राजनीतिक युवा संगठनका युवा राजनीतिज्ञको उपस्थितिमा हिमालय होटेलमा मिति २०७० साल श्रावण २८ गते सहकार्य तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा डा. चिरञ्जीवि नेपालले नेपालको बजेटको बारेमा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । साथै उहाँले नेपालको वर्तमान आर्थिक अवस्थालाई रोचक तथ्य सहित प्रस्तुत गर्नु भएको थियो । नेपालको आर्थिक अवस्थाका बारेमा युवा राजनीतिज्ञहरुले डा. नेपाल समक्ष जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा नेपालको वर्तमान आर्थिक अवस्था र यसका समाधानका उपायहरुबारे चिन्तन–मन्थन भएको थियो ।