युवा संगठनहरु राहत वितरण कार्यमा सक्रिय

२०७२ बैशाख १२ गते गएको भूकम्प र त्यसपछि आएको निरन्तर पराकम्पनले सिन्धुपाल्चोक, धादिङ, गोरखा, नुवाकोट, रामेछाप, दोलखा लगाएतका थुप्रै जिल्लाहरुमा ठूलो जनधनको क्षति पुर्याएको छ । देश–विदेशबाट विभिन्न सहयोगहरु आइरहदा नेपालका राजनीतिक युवा संगठनहरु पनि भूकम्प पिडितहरुलाई राहत वितरण तथा उद्धार कार्यमा सक्रिय भएका छन् ।

a

युवा संघ, नेपालका अध्यक्ष निरु पाल, तराई मधेस युवा फ्रन्टका अध्यक्ष कृष्णा सिंह, नेपाल तरुण दलका कार्यबहाक अध्यक्ष राधा घले, सदभावना युवा मञ्चका महासचिव राजु कुशवाहा, योङ्ग कम्युनिष्ट लीग, नेपालका कार्यबहाक अध्यक्ष आर.सी शर्मा, मधेशी युवा फोरम नेपालका अध्यक्ष संजय यादव, मधेशी युवा फोरम नेपाल (लोकतान्त्रिक) का महासचिव बेद नारायण गच्छारदार, प्रगतिशील युवा संघ, नेपालका अध्यक्ष लोकेन्द्र बहादुर शाही लगायतका युवा नेताहरु पिडितहरुलाई राहत वितरण तथा उद्धार कार्यमा सक्रिय देखिएका छन् ।

b c

e  gf