राष्ट्रिय युवा परिषदमा २४ जना युवा नियुक्त

असार २०, २०७३, युवा तथा खेलकुद मन्त्रालयले २४ जना युवालाई राष्ट्रिय युवा परिषदमा मनोनय गरेको समाचार आजको कान्तिपुर अनलाईन खवरमा प्रकाशित भएको छ । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार पहिलो पटक सदस्यहरु नियुक्त गरिएका हुन् । मन्त्रालयले गत फागुनमा माधव ढुङगेललाई परिषदको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
विद्येक अनुसार आदिवासी, जनजाति, दलित, मधेसी, अपाङगता भएको व्यक्ति , अल्पसंख्यक समुदाय वा पिछडिएको क्षेत्रबाट १४ जनालाई नियुक्त गरिएको छ । थप एक जना अपाङगता भएको महिलालाई नियुक्त गर्न बाँकि रहेको जनाईएको छ । सो अनुसार नियुक्त हुनेहरुमा टेकराज पछाड, प्रवेज आलम अन्सारी, दुर्गानन्द ठाकुर, क्षितिज थेवे, धनराज तुम्बापो, शैलेन्द्र कुमार चौधरी, लक्ष्मीप्रसाद चौलागाई, झलमाया बिक, संगिता अछामी, जिनत अन्सारी, सम्झना अधिकारी, लिला शर्मा, पिंकि कुमारी शाह, र सिता सुवेदी रहेका छन् । त्यसैगरी युवा संघ–संस्थाबाट नियुक्त हुने ४ जनामा भावना भट्ट, रुपा उप्रेती, टिका पौडेल र सुजित के.सी. रहेका छन् ।
त्यस्तै उद्योग, श्रम, कृषि, खेलकुद, विज्ञान प्रविधि, वातावरण, साहित्य तथा कला क्षेत्रबाट नियुक्त गरिएको ६ जनामा दिलिप न्यौपाने, खिम प्रसाद पन्थी, तेज वहादुर थापा, तुलसा वाइबा, पवित्रा भुर्तेल र थलु राजभण्डारी परेका छन् । ४ वर्षको पदावधी रहने यस परिषदको गठन संगै युवा क्षेत्रमा काम गर्ने एउटा आधिकारिक निकाय बनेको छ ।
आगामी आर्थिक वर्ष २०७३÷७४ मा परिषदका निम्ति ४० करोड बिनियोजन भएको छ । ऐन अनुसार परिषदले युवा सम्बन्धी दीर्घकालिन नीति तर्जुमा गरी युवा परिषदले सरकारसमक्ष सिफारिस गर्नेछ । सरकारले राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ यस अगि नै स्वीकृत गरिसकेको छ । जहा युवाको उमेर १६ देखि ४० वर्षसम्मलाई कायम गरिएको छ ।
नेपालको कुल जनसंख्याको करिव ४० प्रतिशत हिस्सा आगटेको युवाको विकास, सशक्तिकरण एवं मुलप्रवाहिकरण गरी युवालाई राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्य यस परिषदले लिएको छ ।