नागरिक दैनीकसंग गोलमेच सम्मेलनः

मिति २०७० साल श्रावण १५ गते निर्वाचन अभियानका सम्बन्धमा आठ राजनीति युवा संगठन र नागरिक दैनीकका पत्रकारहरुसंग गोलमेच सम्मेलन सम्पन्न भयो । उक्त कार्यक्रममा आगामी संविधान सभाको निर्वाचनलाई कसरी शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा आठ राजनीतिक युवा संगठनको युवा राजनीतिज्ञहरुले हामीहरुको राजनीतिक सिद्धान्त र पृष्ठभूमी फरक भएपनि लामो समयदेखि युवा संगठनहरु बिच सहकार्य गरी काम गरिरहेकाले निर्वाचनको बेलामा हुनेगरेको द्धन्द्ध कम गर्न सक्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा उपस्थित हुनु भएका युवा राजनीतिज्ञहरुले सहकार्य नै द्धन्द्ध न्यूनीकरणको प्रमुख आधार हो । जनआन्दोलनदखि आजसम्म थुप्रै कार्यहरु सहकार्य मार्फत गर्दै आएको र आगामी दिनमा पनि यहि सहकार्यको माध्यमबाट सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । जसको लागि सरकारको पनि ध्यान आकर्षण गराएका थिए ।