उठौ युवा………. अभियान प्रारम्भ

Media Campaign for Free, Fair and Peaceful Election
campaign for peaceful election

campaign for peaceful election

शान्तिपूर्ण, निष्पक्ष र भयरहित निर्वाचनको लागि आठ राजनीतिक युवा संगठनहरुको सहकार्यमा मिति २०७० साल श्रावण ३१ गते शान्तिपूर्ण, निष्पक्ष र भयरहित निर्वाचन अभियानको सुरुवात गरिएको छ । नेपालका विभिन्न प्रमुख संचार माध्यमहरु रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाबाट यस अभियानको प्रसार तथा प्रसारण गरिएको छ । देशभरका ४० वटा क्षेत्रीय रेडियो स्टेशन बाट प्रसारण गरएको यस अभियान १० वटा स्थानीय भाषामा समेत प्रसारण गरिएको छ । साथै सामाजिक संजालहरुको माध्यमबाट पनि यस अभियानलाई प्रचार–प्रसार गरिएको छ ।

उठौं युवा संविधान सभाका लागि जुटौं युवा भन्ने मूल नारा सहित यस अभियानले युवा प्रतिनिधिहरुको बृद्धि, मतदाता संख्यामा बृद्धि तथा शान्तिपूर्ण र निष्पक्ष निर्वाचनको लागि आवहन गर्दछ ।