आठ राजनीतिक युवा संगठनहरुको साझेदारीको ५ वर्ष पुरा

collaboration program

विभिन्न राजनीतिक युवा संगठनहरुको सहकार्य मार्फत देश विकासका निमित्त महत्वपूर्ण योगदान पु¥याई आपसी सदभाव र मेलमिलाप कायम गरी देशलाई गतिशीलता प्रदान गर्ने उद्देश्यका साथ सुरुवात गरिएको अनौपचारिक संजालले ५ वर्ष पुरा गरेको छ । उक्त आठ राजनीतिक युवा संगठन भित्र १) तराई मधेश युवा फ्रन्ट, २) नेपाल तरुण दल, ३) प्रगतिशील युवा संघ, नेपाल, ४) मधेशी युवा फोरम, नेपाल, ५) मधेशी युवा फोरम, नेपाल (लोकतान्त्रिक), ६) सदभावना युवा मञ्च, ७) युवा संघ, नेपाल ८) योङ्ग कम्युनिष्ट लीग, नेपाल रहेका छन् । 

पौष ५ गते काठमाण्डौमा आयोजित ५ वर्षे साझेदारीको सफलताको कार्यक्रममा युवा संघ, नेपालका उपाध्यक्ष नीरु देबी पालले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा तराई मधेस युवा फ्रन्टका अध्यक्ष कुष्णा सिंह र योङ्ग कम्युनिष्ट लिगका लिला शर्माले ५ वर्षीय सहकार्य तथा समझदारीको समिक्षा गर्नु भएको थियो । उहाँहरुले समिक्षाको क्रममा आठ राजनीतिक युवा संगठनले राष्ट्रिय युवा नीति सुझाव प्रतिवेदन, राष्ट्रिय युवा रोजगार प्रवद्र्धन अभियान, शान्तिपूर्ण, निष्पक्ष र भएरहित निर्वाचनका लागि अभियान जस्ता महत्वपूर्ण कार्यहरु गरीएको र यस संजालले युवाको बृद्धि विकासको लागि महत्वपूर्ण योगदान पुरयाएको कुरा उल्लेख गर्नु भयो।

कार्यक्रममा भर्खरै मात्र आठ राजनीतिक युवा संगठनको संयुक्त प्रयासमा सम्पन्न भएको निर्वाचन अभियानको बारेमा योङ्ग कम्युनिष्ट लिग, नेपालका अध्यक्ष गणेशमान पुन तथा मधेसी युवा फोरम, नेपाल (लोकतान्त्रिक) का अजय ठाकुरले आ–आफ्नो धारणा राख्नु भएको थियो । उहाँहरुले विगतका कार्यक्रममा जस्तै यस निर्वाचन अभियानमा पनि देशभर सहकार्य गरी कार्य गरेको कुरा बताउनु भएको थियो । त्यस्तै गरी आठ राजनीतिक युवा संगठनको भावी कार्यनीतिको बारेमा नेपाल तरुण दलका अध्यक्ष उदय शम्शेर राणा र युवा संघ, नेपालका अध्यक्ष महेश बस्नेतले बोल्नु भएको थियो । उहाँहरुले यस आठ राजनीतिक युवा संजालले फरक विचारधारा भएका संगठनहरु बिच आपसी मेलमिलाप र सद्भावको वातावराण निर्माण गर्नुका साथै देश विकासका निम्ति थुप्रै कार्यहरु गरेको र यस संजालको सहकार्यलाई केन्द्रीय तहदेखि स्थानीय तहसम्म पुरयाउने र सहकार्यको मार्फत युवा र देश विकासको लागि कार्यहरु गर्ने कुरा व्यक्त गर्नु भयो ।

कार्यक्रममा नर्वेजियन राजदुतावासका श्री हकन अराल्द गुलब्राण्डसेनले संक्रमणकालिन अवस्थामा पनि आठ राजनीतिक युवा संगठनहरुले सहकार्य मार्फत गरेका कार्यहरुको प्रशंसा गर्दै यस्तो सहकार्यको निरन्तरताको आवश्यकता रहेको धारणा राख्नु भयो । उहाले निर्वाचन अभियानले गर्दा यसपालीको निर्वाचन शान्तिपूर्ण निष्पक्ष र भयरहित भएको हुनाले निर्वाचन अभियान सफल भएको धारणा व्यक्त गर्नु भयो । मधेसी जनाअधिकार फोरम, नेपालका अध्यक्ष संजय यादवले कार्यक्रममा उपस्थित सहभागीहरु तथा आठ राजनीतिक युवा संजाललाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघ–संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

कार्यक्रमको अन्त्यमा भर्खरै सम्पन्न संविधान सभाको निर्वाचनमा प्रत्यक्ष प्रणाली मार्फत विजयी हुनु भएका नेपाल तरुण दलका अध्यक्ष उदय शम्शेर राणा तथा योङ्ग कम्युनिष्ट लिगका अध्यक्ष गणेशमान पुन (जो यस संजालमा शुरुदेखि हालसम्म पनि सक्रिय हुनुहुन्छ )लाई संजालका सहकर्मी साथीहरु तथा उपस्थित मानुभावहरुले दोसल्ला ओडाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

>>यस कार्यक्रमका तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।