शिव कुमार मण्डल

नामः शिव कुमार मण्डल
Shiva Kumar Mandal
 
उमेरः ३८
दलः एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
निर्वाचन क्षेत्रः मोरङ्ग–४

रेवनीदेवी र किसानलालका माहिला छोरा शिव कुमार मण्डलको जन्म २०३२ सालमा मोरङ्ग जिल्लामा भएको थियो । हाल एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज रहनु भएका मण्डलको राजनीति यात्रा २०४८ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववीयुबाट भएको हो । अनेरास्ववीयुमा क्षेत्रीय कमिटी र जिल्ला कमिटीको सदस्य भएर काम गरीसक्नु भएका मण्डल २०५३ सालबाट अखिल क्रान्तिकारीमा प्रवेश गर्नु भएको थियो ।

२०५६ सालमा पार्टीको जिल्ला सदस्य बन्नु भएका मण्डल २०५८ सालमा मधेसी राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य बन्नु भएको थियो पछि गएर यस मोर्चाको उपाध्यक्षको जिम्मेवारी समेत बहन गर्नु भयो । २०५९ सालमा मण्डल तत्कालिन नेकपा माओवादीको सुनसरी र मोरङ जिल्लाको जिल्ला जनसरकार प्रमुख पनि बन्नु भयो । मण्डल २०६३ सालमा पार्टीको रौतहट इन्चार्ज तथा अन्तरिम व्यवस्थापिका संसदको सदस्य समेत बन्नु भयो ।

२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा मण्डलले मोरङ क्षेत्र नं ४ बाट उमेद्वारी दिनु भएको थियो भने २०६५ सालमा भएको उपनिर्वाचनमा पनि मोरङ क्षेत्र नं ४ बाटै पराजित हुनु भएको थियो ।