गगन थापा

नामः गगन थापा
gagan thapa
उमेरः ३७
दलः नेपाली कांग्रेश
निर्वाचन क्षेत्रः काठमाण्डौ–४

नेपाली कांग्रेशका चर्चित युवा नेता गगन कुमार थापाको जन्म वि.सं २०३३ सालमा काठमाडौंमा भएको थियो । उहाँको बुबाको नाम महेन्द्र कुमार थापा र आमाको नाम रामेश्वरी थापा हो । समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएका थापाले २०४६ सालबाट राजनीतिक यात्रा शुरु गर्नु भएको हो ।

त्रि.चन्द्र क्याम्पसमा स्ववियु सभापति बन्नु भएका थापाले नेपाली कांग्रेशको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्रीको रुपमा २०५९ सालदेखि २०६१ सालसम्म भूमिका निर्वाह गर्नु भयो । भाषण गर्ने अब्बल क्षमता भएका थापाले तत्कालिन राजा ज्ञानेन्द्रको शाहको सक्रिय शासन कालमा विद्यार्थीहरुको नेतृत्व गर्दै सडक तताउनु भएको थियो ।
निडर र शाहसी व्यक्तित्व भएका थापा आफ्नै पार्टीको आलोचना गर्न पनि पछि हट्नु हुन्न । मिडियामा चर्चित छवि बनाउनु भएका थापा नेपाली कांग्रेशको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुनु भयो । पढाईमा अब्बल थापा राजनीतिमा ब्याक बेन्चर मात्र नभएर फ्रन्ट बेन्चर पनि आउनु पर्ने धारणा राख्नु हुन्छ । व्यवसायमा युवा सहभागिता गराउने उद्देश्यले थापाले समुह बनाएर व्यवसायीक कृषि पनि गरिरहनु भएको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेशको तर्फबाट समानुपातिक तर्फको सभासद बन्नु भएका थापालाई नेपालको आशालाग्दो युवा नेताको रुपमा लिइन्छ ।