उमेश कुमार यादव

नामः उमेश कुमार यादव

umesh kumar yadav
उमेरः ४३
दलः एकिकृत नेकपा (माओवादी)
निर्वाचन क्षेत्रः सप्तरी–३

उमेश कुमार यादवको जन्म वि.सं २०२७ साल असोज १५ गते सप्तरी जिल्लामा भएको हो । बुबा किशुनदेव यादव र आमा लक्ष्मीदेवी यादवको सन्तानका रुपमा जन्म लिनु भएका यादवको सन्तानको रुपमा २ छोराहरु छन । पाटन संयुक्त क्याम्पसबाट विज्ञान विषयमा स्नातक गर्नु भएका यादव हाल एकिकृत नेकपा माओवादीको वैकल्पिक सदस्य तथा सप्तरी जिल्लाको जिल्ला संयोजक हुनुहुन्छ ।

२०४६ सालको जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नु भएका यादव २०४८ सालमा सदभावना पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी मञ्चको उपत्यका संयोजक बन्नु भएको थियो । २०५२ सालमा माओवादी कार्यकर्तासंगको संगत पश्चात २०५५ सालमा उहाँ पूर्णरुपमा तत्कालिन नेकपा माओवादीमा कार्यकर्ताको रुपमा सक्रिय हुनुभयो । भूमिगत जिवनमा उहाँ पार्टी राजनीतिमा मात्र नभएर लडाकु पनि हुनुहुन्थ्यो । उहाँ लडाकु बटालिएन कमाण्डरसम्म हुनुभयो । एकिकृत नेकपा माओवादीको युवा संगठन वाइसिएलको केन्द्रिय सदस्य र वाइसिएलको मिथिला राज्य समितिको संयोजक भएर काम गरी सक्नु भएका यादव २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा सप्तरी ३ मा उमेद्वार हुनुहुन्थ्यो ।