उदय शम्शेर राणा

नामः उदय शम्शेर राणा
Udaya Shamsher Rana
उमेरः ४४
दलः नेपाली कांग्रेश
निर्वाचन क्षेत्रः ललितपुर–१

उदय शम्शेर राणाको जन्म वि.सं. २०२६ साल फागुन १३ गते ललितपुरमा भएको हो । उहाँको बाबुको नाम सागर शम्शेर राणा र आमाको नाम बृन्दा राणा हो । इतिहास शास्त्रमा स्नातक गर्नु भएका राणाले अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा अमेरिकाको कर्नेल युनिभर्सिटीबाट स्नातकोत्तर गर्नु भएको छ ।

२०४६ सालदेखि नेविसंघ मार्फत आफ्नो राजनीतिक जिवन यात्रा शुरु गर्नु भएका राणा २०५५ सालमा नेपाली कांग्रेशको भातृ संगठन नेपाल तरुण दलको ललितपुर जिल्लाको जिल्ला अध्यक्ष हुनुभयो । राणा हाल नेपाली कांग्रेशको महासमिति सदस्य तथा नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । अन्तर्राष्ट्रिय लोकतान्त्रिक युवा संस्था युजीको उपाध्यक्ष भएर काम गरी सक्नु भएका राणा २०६४ सालको संविधान सभाको निर्वाचनमा यसै क्षेत्र (ललितपुर क्षेत्र नं १) मा नेपाली कांग्रेशको तर्फबाट उमेद्वार हुनुहुन्थ्यो ।