शेर बहादुर तमाङ

नामः शेर बहादुर तमाङ
sher bahadur tamang sindhupalchwok uml
उमेरः ४५ 
दलः नेकपा एमाले
निर्वाचन क्षेत्रः सिन्धुपाल्चोक–३

नेकपा एमालेका केन्द्रिय सदस्य शेर बहादुर तमाङको जन्म वि.सं २०२५ सालमा सिन्धुपाल्चोकको सिन्धुकोट गाविसमा भएको हो । मानवशास्त्र, समाजशास्त्र, इतिहास र कानुन विषयमा स्नातकोत्तर गर्नु भएका तमाङले २०३६ सालमा सरस्वती मावि ग्याल्थुनमा तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाचौंको प्रारम्भिक कमिटिबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नु भएको हो ।

०४० सालमा अनेरास्ववियूको जिल्ला अध्यक्ष,२०४१ सालमा सेल कमिटी, २०४२ सालमा पाटीको सहयोग ग्रुप, २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनुभयो ।
२०५१ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिव, २०५४ सालमा महासचिव, २०५९ सालमा उपाध्यक्ष भएर काम गरेका तामाङ २०५४ सालमा नेकपा एमाले जिल्ला सचिव बन्नुभयो ।२०५९ सालमा नेकपा एमाले बागमती अञ्चल सदस्य बनेका तामाङ अहिले एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा पनि तमाङ सिन्धुपाल्चोक क्षेत्र नं ३ बाट नेकपा एमालेको तर्फबाट उमेद्वार बन्नु भएको थियो ।