रविन्द्र अधिकारी

नामः रविन्द्र अधिकारी
Rabindra-Adhikari
उमेरः ४४
दलः नेकपा एमाले
निर्वाचन क्षेत्रः कास्की–३

बुबा ईन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीको सन्तानको रुपमा रविन्द्र अधिकारीको जन्म वि.सं २०३६ सालमा कास्कीमा भएको हो । अनेरास्ववियुबाट आफ्नो राजनीतिक जिवन यात्रा शुरु गर्नु भएका अधिकारीले नेकपा एमालेको जिल्ला कमिटि कास्किको सचिवको रुपमा काम गरी सक्नु भएको छ ।

लेख्न र पढ्न मन पराउने अधिकारी पहिलो संविधान सभाको निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट १३ हजार ३ सय ८६ मत प्राप्त गरी विजयी हुनु भएको थियो । पहिलो संविधान सभामा संविधान सभा सदस्यको रुपमा काम गर्नु भएका अधिकारीले संविधान सभामा राष्ट्रिय हितको संरक्षण समितिमा सदस्यको रुपमा महत्वपूर्ण कार्य गर्नु भएको थियो । युवा सभासदको रुपमा महत्वपूर्ण भूमिका खेलेका कारण अधिकारी सधै चर्चामा रहने गर्नु हुन्छ ।