नेपालको राजनीतिमा युवा नेताको अवस्था

राजनीति भन्ने विषय सबैलै बुझ्नै पर्ने विषय हो । राजनीतिक चेतना हरेक मान्छेमा हुनुपर्दछ । यदि राजनीतिक चेतना भएन भने हामीले दासत्वको जिन्दगी अंगाल्नु पर्ने सम्भावना बढ्दछ । जनतामा राजनीतिक चेतना भएन भने निरङकुशताले जरो गाड्दछ । त्यसैले प्रत्येक मानिसमा राजनीतिक चेतना हुनु आवश्यक छ ।
अधिकांश नेपाली नागरीकहरुलाई अहिले राजनीति भन्ने शब्द सुन्ने बिक्तिकै जरो आउँछ । केहि दशक अगाडि दशैंमा आमा–बाबुले टिका लगाएर आफ्ना छोरा–छोरीलाई आर्शिवाद दिदा ठूलो भएपछि मन्त्रि बनेश् भनेर आर्शिवाद दिन्थे, तर अहिले नेता र मन्त्री नबन्नु डाक्टर र इन्जीनियर बन्नु भनेर आर्शिवाद दिन थालेका छन् । नेपाली समाजमा पहिला राजनीतिज्ञहरुको सामाजिक मान र प्रतिष्ठा धेरै थियो तर अहिले राजनीतिज्ञहरुको मान र प्रतिष्ठा घट्दो क्रममा छ । यसका थुप्रै कारणहरु होलान् । त्यसमध्ये एउटा कारण हो “नेपाली राजनीतिमा युवाहरुको वर्तमान अवस्था” ।

युवा हरेक परिर्वतनका संवाहक हुन, परिवर्तनका नाममा भएका क्रन्तिहरुमा युवाको महत्वपूर्ण भूमिका रहेको कुरा इतिहासले दर्शाउछ । नेपालको राजनीतिक इतिहासलाई केलाएर हेर्दा २००७, २०४६ र २०६२–६३ सालका जनआन्दोलनमा युवाहरुको भूमिका अतुलनीय रहेको पाईन्छ । विश्व राजनीति र नेपालको राजनीतिलाई तुलना गर्दा नेपाली राजनीतिमा ठूला–ठूला परिवर्तनहरु कम मानवीय एवं भौतिक क्षतिमा छोटो समयमा आन्दोलनको उपलब्धी प्राप्त भएको पाईन्छ तर उपलब्धीलाई उचित ढङ्गले प्रयोग गर्ने कुरामा नेपाल सधै असफल भएको पाईन्छ । यसका पछाडि पनि थुप्रै कारणहरु हुन सक्छन्, त्यसमध्येको एउटा प्रमुख कारण भनेको “नेपाली राजनीतिमा युवाहरुको वर्तमान अवस्था” हो ।

क्षमतावान, प्रतिभावान र कर्मठ युवा नेताहरुको संख्या नेपाली राजनीतिमा धेरै मात्रामा छ तर उनीहरुको क्षमता र प्रतिभालाई दबाएर राखिएको अवस्था छ । युवाहरुलाई भूमिका दिनु पर्छ भन्ने संस्कृति नेपालका कुनै पनि राजनीतिक दलमा छैन भन्दा सायद फरक नपर्ला । कुनै युवा नेता चर्चित भयो भने उसलाई प्रेत्साहन गर्नुको सट्टा प्रतिस्पर्धीको रुपमा लिएर दवाएर राख्ने संस्कृति नेपालको राजनीतिमा विद्यमान छ । यस्तो संस्कृतिले युवा नेताहरुको राजनीति प्रतिको आकर्षणलाई झन् कमजोर बनाई राखेको छ । साथै नयाँ पिढी जो वर्तमान पिढी भन्दा हरेक क्षेत्रमा अब्बल छ त्यस्ता पिढीहरुलाई राजनीति प्रति वित्रिष्णा जगाई राखेको छ । अहिलेका युवा नेताहरुको अवस्था देख्दा कुनै पनि नयाँ पिढी राजनीतिमा प्रवेश गरेर आफ्नो भविष्य विर्गान चाहदैनन् र आफ्नोे भविष्य निर्माण गर्न युरोप र अमेरिका तिर प्रस्थान गर्दछन् । यस्ता क्षमतावान युवाहरु विदेश पलायन भएपछि देशको विकास कसरी सम्भव छ ? अनि हामीले अहिलेको संक्रमणकालिन अवस्थाबाट कहिले मुक्ति पाउने ? यस्तै अवस्था रहिरहने हो भने हाम्रा सन्ततिहरुले पनि नेपाललाई सक्रमणकालिन अवस्थाको देश कै रुपमा देख्नेछन् ।

साच्चै भन्ने हो भने नेपालको राजनीतिमा युवा नेताहरुको अवस्था दयनीय रहेको छ । जुन देशमा युवा नेताहरुको अवस्था दयनीय हुन्छ, त्यस देशको अवस्था पनि दयनीय नै हुन्छ । उदाहरणको लागि नेपाल । युवा आफ्नो कमजोरीका कारणले दयनीय बनेका होईनन्, नेपालको वर्तमान राजनीतिक संस्कारको कारणले दयनीय बनेका हुन् जसरी एउटा ठूलो बुढो रुखको ओगले नयाँ रुखलाई असर गर्दछ, त्यसैगरी नेपालको शिर्षस्थ भनौदा नेताहरुले युवा नेताहरुलाई स्वतन्त्रापूर्वक अगाडि बढ्ने वातावरण सिर्जना गरीराखेका छैनन् । अहिलेका युवा नेतालाई कुनै पनि दलको नेतृत्वदायी पदमा पुग्न कम्तिमा १५–२० वर्ष लाग्दछ, जुन बेला उनीहरु युवा नेता रहदैनन् र फेरी त्यहि चक्र शुरु हुन्छ । यसरी नेपालको वर्तमान राजनीति चलिरहेको अवस्था छ ।

यो परम्परालाई तोड्नु पर्छ र तोड्न खोज्ने केहि सिमित युवा नेताहरु छन् तर यो युद्ध जित्न केहि सिमीत युवा नेताहरु मात्र भएर पुग्दैन । यसका लागि राजनीतिक, गैह्र–राजनीतिक तथा सम्पूर्ण युवा नेताहरु एकजुट हुनु आवश्यक छ । नेपालको कुल जनसंख्याको ५० प्रतिशत हिस्सा ओगटेको युवा शक्तिले चाहेको खण्डमा यो सम्भव पनि छ । तर यसका लागि युवा नेताहरु विना स्वार्थ एकजुट हुनु आवश्यक छ । सधै माग्ने भएर बाच्ने हाम्रो परम्परालाई लोड्नु जरुरी छ अनि ठाउँ मात्र आगट्ने र काम गर्न नसक्नेहरुलाई राजनीतिबाट अबकाश दिईनु पर्दछ । अन्यथा देशको भलो हुने वाला छैन । जसरी कुनै पनि खेलमा आउट अफ फर्ममा रहेको खेलाडीलाई खेलाउदा पुरा टिमले जुन मुल्य चुकाउनु पर्छ त्यसैगरी काम गर्न नसक्ने नेतालाई पदीय जिम्मेवारीमा राख्दा राष्ट्रले त्यो भन्दा पनि ठूलो मुल्य चुकाउनु पर्छ । आज नेपालले त्यहि मुल्य चुकाईरहेको अवस्था छ । नेपालको राजनीतिमा पनि खेलमा जस्तै सन्यास लिने संस्कृतिको विकास हुनु जरुरी छ । आफ्नो अन्तिम सास रहेसम्म पदमा बस्ने लाल्चाले गर्दा आज देशको यो गती भइरहेको छ । यदि यहि परम्परा रहिरहने हो भने युवा नेताहरुले देशको नेतृत्व गर्ने अवस्था आउन धेरै गाह्रो छ । त्यसैले अव पदीय जिम्मेवारीमा बसि देश विकासमा योगदान पुर्याउन नसक्ने नेताहरुलाई राजनीतिबाट अवकाश दिइनु पर्दछ । जसरी फुटवल वा क्रिकेट खेलमा राम्रो खेल्न नसक्दा खेलाडीले अवकाश लिन्छ । साथै पदीय जिम्मेवारी पाउनको लागि पनि कडाँ मेहनत र परिश्रम गर्नुपर्ने वातावरण निर्माण गरीनु पर्दछ, न कि कसैको गर्लफ्रेन्ड, भाइ, श्रीमती, सासु भएको नाताले जिम्मेवारी हाँसिल गरुन् ।

जवसम्म गरे मात्र फल पाईन्छ भन्ने संस्कृतिको यो देशमा विकास हुदैन तव सम्म यो देशमा युवा नेताहरुले अवसर पनि पाउदैनन् । किन कि युवा भनेकै ति व्यक्तिहरु हुन जो आफ्नो बल, विवेक, बुद्धी र श्रम प्रयोग गरेर देशको काँचुली फेर्न रमाउँछन् ।

लेखकः नरेन्द्र चम्लागाई

  • Saurav Nepali

    yuwa lai naramro bato dekhaune ra lagaune rajtinik dal bahira basera rajniti garne lai pani muldhar ma lerauna jaruri cha…. Fohor nadhi bata niskineko manche ma fohor tasiyeko nai huncha, thaag, harami, nirankus yuwa netritwo ma pugera pani khasai kehi asaa garna na milla…