ओली नेकपा एमालेको नयाँ अध्यक्ष

भर्खरै सम्पन्न नेकपा एमालेको नवौं महाधिवेशनबाट के.पी. शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाललाई हराउदै ओली नयाँ अध्यक्ष बन्न सफल हुनु भएको हो । ओलीले १०४७ मत प्राप्त गर्नु भएको थियो भने नेपालले १००३ मत प्राप्त गरेका थिए । आठौं महाधिवेशनमा झलनाथ खनाल संग पराजित हुनु भएका ओली यसपाली भने बाजी मार्न सफल हुनु भएको छ ।

पदाधिकारीमा भने मिश्रीत नतिजा आएको छ । उपाध्यक्षमा ओली प्यानलका वामदेव गौतम र विद्या भण्डारी बिजयी भएका छन् भने नेपाल प्यानलबाट भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली विजयी भएका छन् । महासचिवमा ओली प्यानलका इश्वर पोखरेल विजयी हुनु भएको छ, उहाँले नेपाल प्यानलका सुरेन्द्र पाण्डेलाई पराजित गर्नु भएको थियो । उपमहासचिवमा भने दुवै प्यानलका एक–एक जना उमेद्वार विजयी भएका छन् । आली पक्षका विष्णु पोडेल र नेपालका पक्षका धनश्याम भुषाल विजयी हुनु भएको छ ।
सचिवमा भने नेपाल समुहको अग्रता रह्यो । नेपाल समुहका सचिवका उमेदवार गोकर्ण विष्ट  पदाधिकारीहरु मध्ये सबैभन्दा बढी लोकप्रीय बन्न सफल भए । उहाँले सबैभन्दा बढि १२७० मत प्राप्त गर्नु भयो । सचिवमा नेपाल समुहका योगेश भट्टराई र भिम आचार्यले पनि विजयी हासिल गर्नु भयो भने आेली समुहबाट प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ विजयी हुनु भयो ।