एमाले नवनिर्वाचित पदाधिकारीमा युवा नेतारुको प्रवेश

एमालेको नवौं महाधिवेशन युवा नेताहरुको लागि सुखदायी हुने लक्षण देखिएको छ । एमालेको नवनिर्वाचित पदाधिकारीमा गोकर्ण विष्ट र योगेश भट्टराईको विजयले पार्टी भित्र युवाको उपस्थिति बलियो हुने देखिएको छ । गोकर्ण विष्ट र योगेश भट्टराई दुबैले सचिव पदमा विजयी प्राप्त गरेका हुन । अहिले केन्द्रीय सदस्यको मतगणना भईरहेको छ । पछिल्लो मत परिणाम अनुसार केन्द्रीय सदस्यमा पनि राम्रो संख्यामा युवाहरुको प्रतिनिधित्व हुने संकेत देखिएको छ । कसको प्यानलबाट को–को विजयी भए भन्दा पनि दलको नेतृत्व तहमा युवाको प्रतिनिधित्व आजको आवश्यकता भएकाले, यसले नेपालको समग्र युवा राजनीतिलाई नै सकारात्मक प्रभाव पार्ने देखिन्छ ।