संविधान सभाको निर्वाचनमा पार्टीको अन्यायमा परेकी झाँक्रीलाई कार्यकर्ताले सबैभन्दा बढि माया गरे

दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिक सूचीमा परे पनि अन्तिम सूचीमा पर्न असफल हुनु भएकी राम कुमारी झाँक्रीलाई नेकपा एमालेको नवौं महाधिवेशनमा महिला तर्फको केन्द्रीय सदस्यमा सबैभन्दा बढि मत दिएर कार्यकर्ताले माया गरेका छन् । त्यस बखत झाँक्रीलाई संविधान सभा सदस्य सूचीमा नराखीएको भन्दै सर्वत्र आलोचना भएको थियो । अनेरास्ववियुको पुर्व अध्यक्ष झाँक्रीले यसपालीको महाधिवेशनमा नेपाल प्यानलबाट उमेद्वारी दिनु भएको थियो । महिला तर्फको १७ सदस्यको लागि भएको निर्वाचनमा झाँक्रीले सबैभन्दा बढि ११४८ मत प्राप्त गर्नु भएको छ ।