अन्र्तक्रिया कार्यक्रम सम्पन्न

यहि मिति २०७१–०४–०९ गते स्रोत व्यक्ति भाष्कर गौतम तथा विभिन्न आठ राजनीतिक युवा संगठनका प्रतिनिधिहरुको उपस्थितिमा “भूमण्डलीय तथा राष्ट्रिय नेतृत्वको सन्दर्भ” विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । नेपालको वर्तमान राजनीतिक स्थितिको साथै नेपाल र भूमण्डलीय सन्दर्भमा नेतृत्वको भूमिका र अवस्थाको बारेमा कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा गौतमले देशको कालखण्ड अनुसार नेतृत्वको भूमिका पनि फरक हुने धारणा राख्नु भएको थियो । विभिन्न युवा राजनीतिक संगठनका सहभागीहरुले नेपालको राजनीतिक कालखण्डकाे समिक्षा गर्दै अवको राजनीतिक नेतृत्व कस्तो हुनुपर्छ भनेर जिज्ञासा राख्नु भएको थियो ।