सत्तारुढ दलहरुको आपसी खिचातानीले समय मैं संविधान बन्ने कुरामा शकां

प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेश र नेकपा एमाले बिचको मत भिन्नता बढ्दै गईरहको छ । वर्तमान सरकार विशेष गरी प्रधानमन्त्री शुशिल कोइराला प्रति असन्तुष्टि प्रकट हुन थालेको छ । संविधान निर्माणको यस गम्भीर घडीमा दुई प्रमुख दलहरु बिच मनमुटाव बढ्नुले संविधान निर्माणको अनिश्चिततालाई बढाएको छ ।

एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति अनुमोदनको बिषय उठाउन थालेका छन् भने अर्को तिर नेपाली कांग्रेश भित्रै प्रधानमन्त्री शुशील कोइरालाले नेतृत्व गर्नु भएको सरकारको कार्य क्षमता प्रति प्रश्न उठाउन थालेका छन् । नेकपा एमालेको तर्फबाट सरकारको प्रतिनिधित्व गरीरहेका मन्त्रीहरुले पनि स्वतन्त्रतापूर्वक काम गर्न नपाएको तर्क राख्दै आएका छन् । यहि माघ ८ गते संविधान दिन्छौ भनेर जनतालाई बाचा गरेका नेताहरुको यस प्रकारको विवादले समय मैं संविधान लेखन कार्य सफल हुने कुरामा शंका उत्पन्न गराएको छ । यी विवादका साथ–साथै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति पनि चुनौतीको रुपमा देखिएको छ । भर्खरै मात्र अमेरिकामा स्वास्थ्य उपचार गराएर आउनु भएका प्रधानमन्त्रीको स्वास्थ्यमा फेरी समस्या देखिएको छ ।