कम्युनिष्ट आन्दोलन नेपाली राजनीति र नया शक्ति

१ पृष्ठभुमिः
यतिवेला नेपाली राजनीति निकै संकटवाट गुज्रिएको छ । राजनीतिमा संकट चुनौति र अवसर दुवै हुने गर्दछ । चुनौति सामना गर्न सके त्यसलाई अवसरमा वदल्न सकिन्छ । अवसरलाई चुम्न नसके त्यही चुनौति वनेर खडा भैदिन्छ । यही नै आजको यथार्थ हो । यसका साथ साथै नेपाली राजनीति संक्रमणको चरमोत्कर्षवाट पनि गुज्रिएको छ त्यसो त नेपाल पुरै संक्रमणै संक्रमणको देश भने पनि हुन्छ विगत साठी वर्षदेखि नै नेपालमा कुनै पनि निर्वाचित सरकार र संसदले पुरा अवधि काम गर्न पाएको छैन । त्यसै संक्रमणभित्रको पनि यो अवधि द्धन्दोत्तर मुलुकको संक्रमणवाट गुज्रिएकोछ । यसलाई बुद्धिमत्तापुर्ण तरिकावाट हल गर्न सकियो भने यसले देश जनताको हित र समाजको रुपान्तरण सवैकालागि उपयुक्त वातावरण वनाउने पक्का छ । यही संकटमोचनकालागि उपयुक्त उपायका रुपमा आएको नया शक्तिको वहसलाई आलोचकहरुका दृष्टिमा माक्र्सवाद विपरित वा पार्टीवाट वाहिरिने उपाय वा यस्तै लान्छना लगाईरहेका वखत नया शक्तिको वहस आखिर हो के भन्ने वारेमा पनि प्रकाश पार्न जरुरी ठानी संक्षेपमा यो कार्यपत्र तयार गरिएको छ ।
 
२ कम्युनिष्ट आन्दोलन र नेपालः
नेपालमा राणा शासनको विगविगी भैरहेका वखत संसारमा कम्युनिष्ट घोषणापत्र जारी हुदै सोही आधारमा सर्वहारा वर्गको मुक्तिका खातिर कम्युनिष्टपार्टी गठन हुने र कम्युनिष्ट पार्टीहरुले क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्दै सत्ता कव्जा गर्ने अभियानको चलिरहेको पाईन्छ । यसै सन्दर्भमा सन् १८४७ मा जर्मनीमा लिग अफ जस्टको स्थापना गरी गुप्त रुपमा माक्र्स एैगेल्स सो संगठनको सदस्य वनीसकेका थिए । पछि ईग्ल्याण्डमा (ई १८४७ं १९५२) राजनीतिक संगठनका रुपमा कम्युनिष्ट लिग स्थापना गरियो । जुन पहिलो साता लण्डनमा भएको लिग हफ जष्टको महाधिवेशनमा उक्त संस्थाको नाम कम्युनिष्ट लिग राखियो । सवै मानिसहरु दाजुभाई भन्ने नाराका सटटामा विश्वका सवै मजदुरहरु एक हाऔ भन्ने नारा अघि सारयो । १८४७ को नोभेम्वरमा लण्डनमा भएको लिगको दोश्रो अधिवेशनवाट माक्र्स ऐगेल्सलाई कम्युनिष्ट पाटीृको साझा कार्यक्रम तयार पार्ने अभिभारा सुम्पियो । १८४८ मा कम्युनिष्ट घोषणापत्र प्रकाशमा आयो । १८७१ मा पेरिस कम्युन हुदै रुसमा १९१७मा अक्टोवर क्रान्ति सम्पन्न भयो ।
१९१९ को ४ मे आन्दोलनमा चिनियाहरुले सामन्तवाद साम्राज्यवादका विरुद्ध संगठित भै आन्दोलन छेडे जसमा चिनिया बुद्धिजिवीहरुले भाग लिए । १९२१ ज्ुालाई १ मा चिनीया कम्युनिष्ट पार्टीको स्थापना भयो ।
भारतमा पनि यसको प्रभाव परेरै छाडयो । कम्युनिष्ट अन्तराष्ट्रियको दाश्रो महाधिवेशनमा भारतीय कम्युनिष्ट एम।एन राय मेक्सिनको कम्युनिष्ट पार्टीका प्रतिनिधिका रुपमा र भारतीय क्रान्तिकारी संघको तर्फवाट एम पि टि आचार्यले भाग लिएका थिए । १९२०को अक्टोवर १७मा तासकन्दमा भारतीय कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । १९२० मै स्थापित मंगोलियन पिपल्स रिभोलुशनरी पार्टी जसले १९२४ मै मंगोलियमा समाजवादी शासन स्थापना गरयो । १९४५ मा भियतनाम, १९४६मा उत्तरकोरिया १९४९मा चीन सत्ता हात पारे ।
पार्टी गठनका हिसावले भने मंगोलियन रिभोलुसनरी पार्टी र ईन्डोनेशिया कम्युनिष्ट पार्टी १९२१मा, भियतनामा वर्कर पार्टी र फिलिपिन्स कम्युनिष्ट पार्टी १९२२, कोरियन वर्कर्स पार्टी १९२५ मलेशियन कम्युनिष्ट पार्टी १९३१ सिलोन कम्युनिष्ट पार्टी १९४०, वर्मा कम्युनिष्ट पार्टी १९४३, कम्वोडिया कम्युनिष्ट पार्टी १९४५, नेपाल कम्युनिष्ट पार्टी १९४९ मा स्थापना भएका थिए ।
प्रचण्ड गोर्खा पर्व को स्थापना को ६ वर्ष पछि प्रजा परिषद स्थावना भएको थियो । विक्रम सम्वत् १९९८ को फागुनमा सुर्यवहादुर भारद्धाजको सक्रियतामा नेपाल प्रजातन्त्र संघको स्थापना भयो जसमा पुष्पलाल श्रेष्ठ, शंभुराम श्रेष्ठ, प्रेमवाहादुर कंसाकार, गंगालाल हलवाई, र कामाक्षा देवी संलग्न थिए ।
विस.१९९९ मा अखिल नेपाल वर्ग महासभा को स्थापना गरी क्रान्तिकारी रचना र रक्तपात कमिटिको गठन गर्दै राणा विरोधी क्रान्ति थाल्ने योजना वनाउदै गणतन्त्र नेपाल जिन्दावादको नाराा लगायो । वि.सं.२००४ मा गंगालाल हलवाईको अगुवाईमा साम्यवादी संघ गठन भयो २००६ मा नेपाल क्म्युनिष्ट पार्टी गठनका वखत हलवाईलाई पनि मिसाउन खोज्दा विवाद भयो र उनले छुटटै नेपाल लाल कम्युनिष्ट पार्टी गठन गरे । २०१४ सालमा सम्पन्न दोश्रो महाधिवेशनमा लाल कम्युनिष्ट पार्टीले पर्यवेक्षकका रुपमा माणिकलाल श्रेष्ठ र रविन्द्र प्रसाद श्रेष्ठलाई पठायो पार्टी नै मिलाउने प्रस्ताव राख्दा गंगालाल ले अस्वीकार गरे र २०१७ साल पश्चात उक्त पार्टी नै समाप्त भयो ।
२००४ सालमा वनारसमा सम्पन्न नेपाली राष्ट्रिय कंग्रेसको सम्मेलनको वहुमतले डिल्लीरमण रेग्मीलाई अध्यक्षमा चुन्यो जेलमा रहेका विपि कोईराला र टंकप्रसाद आचार्य दुवैलाई पार्टी नेतृत्ववाट हटाईयो । तिन महिनापछि काठमाण्डौमा विपि जेलमुक्त भए र आफनो पद दावी गर्न थाले र पार्टी नै विभाजन भयो जस मुताविक उता कार्यकारी सचिव रहेका पुष्पलाल श्रेष्ठले नै वामपन्थी धारको नेतृत्व गर्दै रहे ।
२००५ कम्युनिष्ट घोषणा पत्र नेपालीमा छापियो २००६ भाद्र ३०(सेप्टेम्वर १५ १९४९ मा कम्युनिष्ट पार्टीको घोषणा पत्र जारी भयो । पुष्पलाल निरञ्जन गोविन्द वैद्य,नरायणविलाश, नरवहादुर दुर्गादेवी पाच जना १५ सेप्टेम्वर १९४९। आश्विन ६ गते २००६ । २२ अप्रिल लेनिन जयन्ती र पार्टी स्थापना दिवस पाच जना हैन चार जना हो दुर्गादेवी हैन भन्ने विवाद चलि नै रहयो ।
 
३ विषय प्रवेशः
यसै सन्दर्भमा नेपाली राजनीतिमा विगत साठी वर्षदेखि तय भैआएका नीति नारा संगठन र शैलीकै आधारमा पार्टीहरुको निरन्तरताले आजका चुनौतिहरुको सामना गर्न सम्भव छ या साठी वर्षका अन्तरालमा परिस्थितिमा आधारभूत रुपमा परिवर्तन आएको छ । यो परिवर्तनलाई आत्मसात गर्दै माक्र्सवाद भनेको ठोस परिस्थितिको ठोस विश्लेषण हो भनेर मान्ने हो भने नेपाली समाजको ठोस विश्लेषणको आधारमा पार्टी नीति संगठन र शैलीलाई परिमार्जन गर्ने गरी नया शक्तिका रुपमा वदल्ने वा दुनिया वदल्ने धेय राख्ने पार्टी आफै वदलिन अस्वीकार गर्दै यथास्थितिमा रुमलिने भन्ने प्रश्न यतिवेला खडा भएको छ । निरन्तर परिवर्तित समाज अनुरुप आफुलाई वदल्न नसक्दा समाज र पार्टी संगठन वीच अन्तरविरोध पैदा हुनेछ सो अन्तरविरोधमा खरो उत्रन नसक्ने पार्टीको औचित्य समेत समाप्त हुनेछ । त्यसैले आजका मितिसम्म समाज परवर्तनमा योगदान गर्ने राजनैतिक दलहरु आफै परिवर्तित भै नया शक्तिका रुपमा रुपान्तरित हुन अनिवार्य छ ।
 
४ नया शक्तिको औचित्यः
साठी वर्षदेखि सामन्ती राजतन्त्रको अन्तकालागि संघर्ष गर्दै आएका राजनीतिक दलहरु निरन्तर एउटै अभियानमा रहे तर आज राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना भएको छ । यसका साथै एकात्मक शासन संघीयतामा वदलिने प्रतिवद्धता आएकोछ । हिन्दुअधिराज्य धर्मनिरपेक्ष घोषित भएकोछ विविधतायुक्त समाज भैकन पनि एक जाति एक भाषा एक संस्कृतिको वाहुल्यतालाई तोडदै समावेशी लोकतन्त्र राज्यको नारा वनेको छ । विज्ञान र प्रविधिको विकासले सारा संसार एक गाउमा परिणत हुने अवस्थामा पुगेको छ । आजको साम्राज्यवादको स्वरुप वदलिएको छ आजको वदलिएको समाजमा प्रयोग हुने विकसित माक्र्सवाद चाहिएकोछ र आजको विकसित नेपाली समाजमा विद्यामान वर्गविश्लेषण गर्न जरुरी भएको छ । यस परिस्थितिमा पुराना शक्तिले आफुलाई वदलेर नया वनाउन जरुरी छ पुराना शक्तिले त्यसो गरेनन भने छुटटै नयाशक्ति पनि विकास गर्न अनिवार्य भएको छ । वुदागत रुपमा यसको औचित्य निम्नानुसार पुष्टि गर्न सकिन्छ ।
(क) यतिवेलाको नेपाली समाजको चरित्र फेरिएको छ ।
राजतन्त्रका ठाउमा गणतन्त्र, एकात्मकताका ठाउमा संघीयता, हिन्दु अधिराज्यका ठाउमा धर्म निरपेक्षता र एक भाषा एक धर्म, एक संस्कृति, एक जातिको हालिमुहाली को ठाउमा समावेशिता यतिवेलाको मुख्य नारा वनेको छ । यसरी नेपाली समाजको चरित्र आधारभूत रुपमा नै वदलिएको सन्दर्भमा नेपाली समाजमा राजनीति गर्नकालागि गठन गरिएका दलहरुमा पनि आधारभूत रुपमा परिवर्तन हुन जरुरी छ । राजतन्त्र,एकात्मक शासन प्रणाली असमावेशी र हिन्दु अधिकारज्य भएका वखत तिनको अन्तकालागि वनेका पार्टी ती पार्टीका राजनीति संगठन र कार्यशैलीमा आमुल परिवर्तन गर्न जरुरी भएको छ । पुराना विचार वोकेका पुराना संरचना वोकेका र पुराना कार्यशैली भएका पार्टीहरु जस्ताको तस्तै यतिवेला काम लाग्दैनन् । तिनमा समाजको परिवर्तन संगसंगै आमुल परिवर्तन हुन जरुरी छ ।
(ख) नेपाली समाजको वर्ग चरित्रमा परिवर्तन आएको छ ।
आजभन्दा साठी वर्ष अगाडिको नेपाली समाजको वर्ग चरित्र मुलत सामन्ती खालको थियो राजनैतिक अवस्था लगभग वन्द नै थियो अर्थतन्त्रको आधार कृषि र जीवन निर्वाहाको आधार भूमि थियो भने सामन्त र जोताहामा विभाजित समाज ज्याला र मजदुरीको पनि कुनै गुन्जायस नै थिएन । मुठिभर साम्नतहरुको हातमा शासन सत्ता थियो भने वहुसंख्यक किसान मजदुरहरु शासित अवस्थामा थिए । मध्यम वर्ग वौद्धिक वर्ग विचमा झुण्डिएको अवस्थामा थियो । जसलाई ढुलमुले शक्तिका रुपमा हेरिन्थ्यो र क्रान्तिकालागि काम नलाग्ने शत्तिःका रुपमा यसलाई चित्रित गरिन्थ्यो तर आज मुलत क्रान्तिकै पक्षमा रहने परिवर्तनकौ पक्षमा लडन चाहने मध्यम वर्ग आज समाजमा निर्णायक हैसियतमा पुगेको अवस्था छ । आज मध्यम वर्गको मन नजितिकन कुनै पनि अभियान संचालन गर्न पनि नसकिने र सम्पन्न गर्न पनि नसकिने अवस्थामा पुगेको अवस्था छ । तसर्थ यो वर्गको यथोचित सम्मान यतिवेलाको खाचो हो ।
(ग) साम्राज्यवादको चरित्रमा आएको फेरवदल भएको छ । 
आजभन्दा साठी वर्ष अघिको साम्राज्यवाद भुमिको विभाजन गर्ने आफनो वण्डा परेको जमिनमा प्रत्यक्ष रुपमा आधिपत्य जमाउने वा शासन गर्ने गर्दथे तर आज त्यो युगको अन्त भएको छ साम्राज्यवाद आज प्रत्यक्ष शासन गर्ने र भूमिको वितरण गर्ने वा वण्डा गर्ने अवस्थामा छैन । हिजो जस्तो अन्तर साम्राज्यवादी अन्तरविरोध पनि छैन । वरु आज त अन्तर साम्राज्यवादी समन्वयको कुरा छ । आपसमा भाग वण्डा गरेर वा साझेदारी गरेर विश्वमा आफनो अधिपत्य जमाउने तर भिन्न ढंगले जमाउने होडमा साम्राज्यवादी शत्तिःहरु लागेको अवस्था छ । यसरी साम्राज्यवादी चरित्रमा आएको परिवर्तनलाई नवुझेर पुरानै तरिकाले अघि वढन खोज्ने हो भने कम्युनिष्ट आन्दोलन नराम्ररी धरापमा पर्ने निश्चित छ ।
(घ) २१ औ शताव्दीको माक्र्सवाद विकास गर्न जरुरी छ ।
माक्र्सवाद मुलत १९औ शताव्दीको उपज हो । माक्र्सले सिद्धान्त प्रतिपादन गरे उनको जीवनकालमा पेरिस कम्युनको अभ्यास वाहेक अरु हुन पाएन पेरिस कम्युन पनि ७२ दिनभन्दा टिकेन त्यस पछि उनको जीवनकालमा नै माक्र्सवादको प्रयोग हुनै पाएन । लेनिनका पालामा रुसमा क््रान्ति भयो र माक्र्सवादको प्रयोग भयो । तर सोही कालमा चिनमा फेरि रुसको भन्दा भिन्न तरिकाले मात्रै माक्र्सवादको प्रयोग हुन पुग्यो । आज २१ ऋौ शताव्दी विज्ञान र प्रविधिको चरम विकासको युगले माक्र्सवादको विकासमा पनि सोही स्तरको माग गरेकोछ । हिजो माक्र्सवादको प्रतिपादन गरिरहदा संचारको माध्यम चिठी पत्र थियो तिन चार महिनाको अन्तरालमा संचारको आधाद प्रदान हुन्थ्यो आज सेकेण्ड भरमा लाखौ समाचारहरु आदान प्रदान हुने प्रविधिको विकास भएको छ । सुचना र संचारको क्षेत्रमा भएको विकासले समाज विकासको क्षेत्रमा पनि आधारभूत रुपमा नै विकास गरेको अवस्था छ । तदनुरुप नै पार्टी संगठन र विचारको विकास गर्न सकिएन भने समाज र विचार वीचको अन्तरविरोध काफी मात्रामा पैदा हुन्छ र समाज संगसंगै हिडन नसक्ने पार्टी संयन्त्रहरु आफै औचित्यहिन सावित हुने अवस्थामा आई पुग्दछन् ।
(ड) वैचारिक विकासको आवश्यकता र औचित्य
नवउदारवाद पुँजीवादको विकृत रुप हो जसले व्यक्ति वाहेक दुनियामा अर्को कसैको अस्तित्व स्वीकार गर्दैन । व्यक्तिका क्षमता प्रतिभा र सत्व नै दुनिया वदल्ने हतियार ठान्दछ र आजसम्म दुनियमा जे परिवर्तन भएको छ व्यक्तिका कारणले मात्रै संभव भएको भन्ने ठान्दछ । उसले समाजको अस्तित्व भूमिका सम्म पनि स्वीकार गर्दैन । कतिपय समजको हितकालागि व्यक्तिका हितहरु तिलान्जली दिन पर्ने कुरा पनि स्वीकार गर्दैन । अर्का तर्फ समाजवाद अर्को धारा हो जसले समाजको हित सामुहिक हितकालागि नै क्रन्ति संघर्ष र पार्टी संगठन संघर्ष सवै केन्द्रित गर्ने तर्क गर्छ तर व्यत्तिःका हित सत्व र स्वार्थमा त्यति ध्यान दिदैन । त्यसैले पुजिवादको विकृत रुप उदारवाद र नवउदारवाद कुनै दर्शन हैन व्यक्ति वाहेक समाजको अस्तित्व स्वीकार नगर्ने अभियानले समाजको हित त गदैन नै व्यक्तिको हित पनि गर्न समर्थ हुदैन अन्तत व्यक्तिमध्यका पनि उत्तम व्यत्तिःको हितमा नै सो सिमित हुने निश्चित छ त्यसैले आज पनि समाज विकासको वैज्ञानिक दर्शन समाजवाद नै हो तै पनि व्यक्तिका खास सतव र प्रतिभाहरु हुन्छन समाज विकासमा तिनको पनि केही खास कालखण्डमा भूमिका हुन्छ भन्ने कुरा स्वीकार गर्न नसक्दा तिनले असपलता भोग्न परेको यथार्थलाई आत्मसात गरी माक्र्सवादको परिकल्पना वैज्ञानिक समाजवादमा कमि रहेको यो तत्वको समवेशी पश्चात विकास हुने माक्र्सवाद आजको विकसित समाजको आवश्यकतालाई परिपुर्ति गर्न सक्षम हुनेछ । यसो गर्दा माक्र्सवाद छोडेर नया शक्ति हैन माक्र्सवादको विकास गरेर र माक्र्सवाद भित्रैको नया शक्तिको आवश्यकता र औचित्य स्वत पुष्टि हुनेछ ।
(च) नेपाली समाज पूजिवादी युगमा प्रवेशः
राजतन्त्रको अन्त संगै पुरानो सामन्तवादी युगको अन्त भएर औद्योगिक पुजिवादी युगको आरम्भ भएको छ । यसर्थ २००७ साल देखि आरम्भ भएको सामन्तवाद विरुद्धको लडाईले २०५२ सालवाट आरम्भ भएको जनयुद्ध हुदै जनआन्दोलन मधेश आन्दोलन समेतको कुलयोगमा गणतन्त्र प्राप्त गरिसक्दा पुजीवादी क्रान्ति मुलतः पुरा भएको छ अव आर्थिक क्रान्तिको थालनी संगै समाजवादी क्रान्तिको दिशामा अघि वढन जरुरी भएकोछ ।
नेपाल पुरानो सामन्ती युगको अन्त्य भएर दलाल र नोकरशाही युगमा प्रवेश गरेको छ । २००७ सालदेखि २०७१ सालसम्म आइपुग्दा नेपालले सामन्ती राज्य व्यवस्था, निरंकुश राजतन्त्रात्मक र एकात्मक राज्य व्यवस्थाको विरुद्धमा संघर्ष गर्दै आयो । २००७ सालदेखि नेपाली काँग्रेसले सुरु गरेको सं घर्ष, २०५० को दशकसम्म वामपन्थीहरुको शक्ति प्रभाव र उत्कर्ष, २०५२ पछि माओवादीको नेतृत्वमा सञ्चालन भएको सशस्त्र जनयुद्ध, मधेसी, जनजातिका क्षेत्रीय र जातीय संघर्ष, यी सबैको योगफलस्वरुप नेपाल र नेपाली जनताले सामन्तवादको अन्त्य गरेर पुँजीवादी युगमा प्रवेश गरेको समय हो ।
पुँजीवादी क्रान्ती सम्पन्न भईसकेपछि एउटा मौलिक पाटो रोज्न आवश्यक छ । अवको चुनौति भनेको राष्ट्रिय चरित्र सहितको पुजीको विकास गर्ने र उत्पादक शक्तिको विकास गरी उत्पादन सम्वन्धमा वदलाव ल्याउने नै हो जसले समाजवादी क्रान्तिको आधार तयार गर्न महत्वपुर्ण भुमिका खेल्दछ ।
 
(छ) निर्माणको आन्दोलनको खाचो छ ः
नेपाली राजनीति सधै आन्दोलनमा मात्रै केन्द्रित रहयो । पार्टीहरुको गठन राणा शासनको अन्तको धेयले भयो । राणा शासनको अन्त भयो फेरि राजतन्त्रले फणा तेर्साउन थाल्यो । राजतन्त्रको अन्तकालागि संघर्ष गर्ने कार्ययोजना नै दलहरुले आफनो धेय वनाए । पंचायत आयो पंचायतका विरुद्ध संघर्ष गर्दा गर्दै दलहरु अभ्यस्त भैसको पंचायत पनि गयो राजतन्त्र पनि गयो वहुदल पनि आयो गणतन्त्र पनि आयो तर तिनको संस्थागत विकास गर्ने कुरामा समस्या देखिएको छ । जन्मजात संघर्षमा वित्यो दलहरुको ध्यान अव निर्माणको योजनामा जुटन जरुरी थियो दलहरुको निर्माणकालागि अभ्यास पनि छैन अनुभव पनि छैन र करिव करिव योजना पनि छैन भने जस्तो भएको छ । निर्माणका कुरा गर्दा सुधारवादी भईने वा क्रान्तिकारी नभईने खतरा छ । क्रान्तिकारी भैरहन सधेभरी संघर्षका वन्दुकका मर्ने मार्नै रगत वगाउने र परिआए जंगल जाने कुरा गरिराख्न पर्ने अवस्था यतिवेला आईपरेको छ । तर अव युग निर्माणको चरणमा प्रवेश गरेको छ र निर्माण हामीले नै गर्ने हो भन्ने कुराको राम्रो प्रशिक्षण कार्यकर्ता पक्तिमा त छैन नै नेतृत्व पंक्तिमा पनि देखा पर्न सकेन । यो कमजोरीलाई हटाउन पनि खुलेर भन्न परेको छ यो निर्माण .को युग हो ।
२००७ सालदेखि २०६३ सालसम्मको आन्दोलन सामन्तवादको विरुद्धमा थियो । यसैले पनि त्यसबेलाका आन्दोलन विद्रोहात्मक र हिंसात्मक थिए । अब सामन्तवाद विरुद्धको लडाई पूरा भई नयाँ निमार्णको चरणमा मुलुक प्रवेश गरेको छ ।
नयाँ विचारले नयाँ उचाई अपेक्षा गर्दछ । राजनैतिक नेतृत्वले समाजलाई निरन्तर डो¥याइरहेको हुन्छ । नया विचार अनुसारको सङ्गठित शक्ति पनि नयाँ नै हुनुपर्दछ । पुरानो नेतृत्व, पुरानै मूल्य र मान्यताले नयाँ विचारलाई नेतृत्व दिन सक्दैन । नयँँ खाले सङ्गठित शक्तिबीच नयाँ राजनैतिक प्रक्रियालाई अगाडि बढाउन सकिँदैन । तसर्थ, अब नयाँ र रुपान्तरित पार्टीको निमार्ण अपरिहार्य भएको छ ।
नयाँ विचारलाई अगाडि बढाउन नयाँ ढङ्गको पार्टीको साथ–साथै नयाँ नेतृत्वको पनि आवश्यकता पर्दछ । र, यसले समग्रमा नयाँ समिकरणको माग गरेको छ । यसै तथ्यलाई मनन् गर्दै नयाँ आवश्यकतालाई राष्ट्रिय स्तरमा बोध गराउन राष्ट्रिय बहसको खाँचो पर्दछ । यो राष्ट्रिय बहसको मुख्य केन्द्र संविधानसभा हुनसक्दछ, साथै अन्य उपयुक्त आम सञ्चार र घर–गाउँ–टोल–छिमेकस्तरमा समेत यो बहसलाई लिएर जानु आवश्यक छ ।
पुँजीवादको विकास भनेको मूलतः उत्पादन शक्तिको विकास हो । पुँजीवादको आधारलाई विस्तार नगरेसम्म, उत्पादन र उत्पादकत्व नबढाएसम्म पुँजीवादबाट समाजवादमा रुपान्तरण कठिन छ । युरोपका कतिपय देशहरुमा समाजवादी चित्र देख्न सकिन्छ । राजनैतिक रुपमा पुँजीवादी संरचना भएपनि त्यहाँको सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी आदि क्षेत्रमा राज्यले जिम्मेवारी लिने हुँदा यो समाजवादी व्यवस्थातर्फ उन्मुख भएको भन्न सकिन्छ ।
५ नयाँ शक्तिको स्वरुप
२००७ सालदेखि २०६२,०६३ सम्मको आन्दोलनबाट नेपाल र नेपाली जनताले क्रमशः प्रजातन्त्रका प्रतिफलहरुलाई  प्राप्त गर्न सके । इतिहास साक्षी छ कि यसै अवधिमा पनि २०१७ को कु २०३७ सालको षडयन्त्रपूर्वक जिताइएको निरंकुश पञ्चायती व्यवस्थाले नेपाली जनताको प्रजातान्त्रिक हक अधिकार लाई कुण्ठित ग¥यो । तथापि नेपालका लोकतन्त्रमा विश्वास गर्ने राजनैतिक दल, सचेत नागरिक समाज, सञ्चार जगत् र परिर्वतनका पक्षपोषक आम नेपाली जनताको अथक प्रयासले किस्तावन्दीमै भए तापनि हरेक आन्दोलनले सामन्ती संस्कारलाई क्रमशः कमजोर पार्दै लग्यो ।
सर्वहारा क्रान्तिको विचार र माक्र्सवाद–लेनीनवाद–माओवादी विचारको राजनैतिक दर्शनभित्र भिन्न भिन्न समयमा अनेक थरी जोड–र–कोण देखा परे । तर कुनै पनि “वाद”सँग आवद्ध राजनैतिक विचारधाराले नेपालको राजनैतिक परिदृश्यमा युगान्तकारी र क्रान्तिकारी परिर्वतन ल्याउन सकेन । हरेक आन्दोलन–विद्रोह–क्रान्ति या त सम्झौतामा टुङ्गिने या त यसले गन्तव्य लिन नसकेर विलय हुने अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलन लामो समयसम्म अल्मलिन पुग्यो।
लामो समयको चिन्तन र फुट परस्त कम्युनिस्ट आन्दोलनलाई सशस्त्र विद्रोहको माध्यमद्वारा सामन्तवाद र साम्राज्यवाद विरुद्ध २०५२ साल फाल्गुण १ गतेदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नामबाट गरिएको १० वर्षे जनयुद्ध नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा सिर्जनात्मक प्रयोग भयो जसले नेपाली समाजको लोकतान्त्रिकरण आर्थिक सामाजिक रुपान्तरणकालागि अग्रणी भुमिका खेल्यो । यी आन्दोलन र विद्रोहले मुलुकलाई सामन्तवादबाट पु“जीवादतर्फ, धर्मसापेक्षताबाट निरपेक्षतातर्फ, राज्यको स्रोत र साधन र व्यवस्थामाथि एउटा वर्ग र तप्काको एकाधिकारबाट समावेशीतर्फ, एकात्मक राज्य व्यवस्थाबाट संघीयतातर्फ र निरंकुश राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्र तर्फ रुपान्तरण ग¥यो ।
यी युगान्तकारी परिवर्तनपश्चात् जनताले राजनैतिक दल र तिनका नेतृत्वबाट ठूलो अपेक्षा राखेको थियो । मुलुकमा लोकतन्त्र वहालीको ७ वर्ष व्यतित भइसक्दा पनि लोकतन्त्रको प्रतिफल सामान्य जनताले महसुस गर्नेगरी प्राप्त हुन सकेन । फलस्वरुप राजनैतिक, सामाजिक र आर्थिक रुपमा देहायका पक्षमा व्यापक असन्तुष्टी रहन गयो ।
राजनैतिक विश्रृखलता
प्रायः सबै ठूला दलहरुले मुलुकमा आएको परिवर्तनपश्चात् नेतृत्व तप्का र सामग्र दललाई नै परिवर्तनको हा“क र चुनौतिलाई सामना गर्न सक्नेगरी रुपान्तरण गर्नु पर्ने थियो । तर सबैखाले ठूला दलहरु पुरानै स्रोत, मूल्य र मान्यता र संरचनालाई निरन्तरता दिए जसले समयको बदलिंदो मागलाई पूरा गर्न सकेन । जनतालाई दिइएको आस्वाशन पूरा गर्न नसक्नु वा चुक्नु राजनैनिक दल र तिनका नेतृत्वको अर्काे ठूलो कमजोरी रह्यो । दलहरु आफ्नो आन्तरिक एकांकी राग मात्र जप्ने काम भयो, र फलस्वरुप दल र दलका नेताको जनताको विश्वसनीयता गुमाउन पुगे । समय सुहाउ“दो निर्वाचन प्रणालीमा सुधार आउन सकेन । समानुपातिकतर्फका सिटहरु अधिकांश राजनैतिक दललाई व्यापारको अर्को एउटा वस्तु बन्न पुग्यो । राजनैनिक ध्रुविकरण तिव्र हुन गयो । दलभित्र पनि विभिन्न गुट–उपगुटहरु सञ्चालन हुन थाले । भिन्न मतको कदर हुन छोड्यो । र दल र दलका नेताहरु वृहत राष्ट्रिय र दलको हितभन्दा पनि आफ्नो र आ–आफ्ना गुट–उपगुटका निहीत स्वार्थपूर्ति गर्ने काममा व्यस्त भए । मुलुकमा विद्यमान संक्रमणकाललाई छिटो अन्त्यगरी मुलुकलाई लोकतन्त्रिक संविधान दिन दल र दलका नेता चुके । फलस्वरुप राज्यको विश्वसनीयना (कतबतभ अचभमष्दष्ष्तिथ)मा ह्रास आयो र मुलुक वाह्यशक्तिमाथि अति निर्भर हुन पुग्यो ।
सामाजिक विश्रृखलता
सामाजिक संरचना राजनैतिक उद्देश्यले अभिप्रेरित भई केही टाठा–बाठा वर्गको स्वार्थको लागि चरम खण्डीकरण भयो । सामाजिक मूल्य र मान्यता अपरिभाषित भए । राजनैतिक दलहरुभन्दा नागरिक समाज सामाजिक स्वार्थलाई परिभाषित गर्न निकै हौसियो र कतिपय पाश्चात्य मुलुकको लागि पनि स्वीकार्य नभएको मूल्य र मान्यताको पक्षमा सरकार दललाई सदैव दवावमा राखे । राष्ट्रिय चरित्रलाई अन्तरराष्ट्रियकरण गर्न खोजियो र फलस्वरुप मौलिकतामा ह्रास आउन थाल्यो । राष्ट्रिय स्वार्थलाई एउटा निहीत वर्गको स्वार्थसंग गा“सेर हेर्ने प्रवृत्तिको विकास हुन थाल्यो । आवाज र जवाफदेहिताबीच ठूलो खाडल देखा प¥यो ।
आर्थिक विश्रृखलता
मुलुकको मूल राष्ट्रि«य आर्थिक एजेन्डा नै अपरिभाषित भयो । व्यवस्थापिका संसदमा पूरा बजेट आउन सकेन । अध्यादेशमार्फत् सरकारी भवनको एउटा बन्द हलमा बजेट वाचन गर्ने काम भयो । यो सातवर्षको बीचमा मुलुकको सरदर आर्थिक वृद्धि ४ ५ हाराहारीमा रह्यो । मुलुकभित्र आर्थिक गतिविधि सम्पन्न हुन सकेनन् । आन्तरिक र वाह्य लगानी भित्रिने वातावरण बन्न सकेन, फलस्वरुप युवा पुस्ता विदेश पलायनतर्फ लाग्यो भने मुलुक रेमिट्यान्समा निर्भर हुन थाल्यो । आर्थिक स्रोतहरुको विकेन्द्रीकरण हुन सकेन । केन्द्रले नै स्रोतको विनियोजन गर्न थाल्यो । फलस्वरुप मुलुकको सन्तुलित विकासमा टेवा पुग्न सकेन र जनतामा चरम नैराश्य उत्पन्न भयो ।
यी विश्रृखलताले मुलुक अस्थीर रहन गयो । जनता राजनैतिक दल र तिनका नेतासंग निराश छन् र अधैर्य भएका छन् । यस्तो विषम परिस्थितिमा लोकतन्त्रका उपलब्धिलाई जगेर्ना गर्दै मुलुकको आर्थिक–सामाजिक रुपान्तरण गर्ने चुनौति सिर्जना भएको छ ।
 
६   राजनैतिक दल नै परिवर्तनका संवाहक
राजनैतिक दलको विकल्प छैन । तसर्थ परिवर्तनका संवाहक भनेको राजनीतिक दल र तिनका नेता एवं नेतृत्व वर्ग नै हो । राजनैतिक दलले आफूलाई पूर्ण रुपमा रुपान्तरण गर्नु अपरिहार्य भइसकेको छ । रुपान्तरण हुन नसके डाइनोसर लोप भएजस्तै अरुपान्तरित दल र तिनका नेता लोप भएर जाने निश्ति छ । दल र तिनका नेतृत्व वर्गको रुपान्तरणको लागि नागरिक समाज, सचेत एवं प्रवुद्ध वर्ग, आम सञ्चार जगत र सर्वसाधारण सबैको सक्रिय सहयोगको आवश्यकता वोध भएको छ । यो रुपान्तरणले मुलुकमा नया शक्तिको अभ्युदय हुनेछ जसले देखापरेका राजनैतिक–सामाजिक–आर्थिक विश्रृ◊लतालाई चिर्दै नया नेपाल र समुन्नत नेपाल निर्माण गर्नेछ ।
 
७ अन्ततःनया शक्ति
नया राजनैतिक शक्ति निर्माण हुनुभन्दा पहिले विचारमा एकरुपता आउनु आवश्यक छ । पुरानो संसदवादी पार्टी काग्रेसले ००७ सालदेखि नै पु“जीवादी नितिको अगुवाई गर्दै आयो । नवउदारवादी विचारको पक्षपोषण गर्दै आयो ।
वामपन्थी कित्तामा वैचारिक रुपमा ठूलो वहस चल्दै आएको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, रुस वा चीनको नितिको विषयमा पर्याप्त विचार विमर्श भएका छन् । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा धेरै चिरा परेको छ । एमालेको वैचारिक धार माक्र्सवादी–लेनिनवादी विचारलाई नाममा मात्र केन्द्रित गरी विचारहीन हुन
पुगेको छ भने अर्को धार यान्त्रिक रुपमा व्याख्या–विश्लेषण गरी समयानुकूल परिमार्जन गरेर अगाडि बढ्न सककेको विन्दूमा छ ।
तसर्थ, समाजवादी सत्ता क्रमशः ढल्दै जानुका पछाडि के तत्वले काम गरेकोछ भन्ने कुराको अनुसन्धान गर्दै प्राप्त निष्कर्षहरुलाई समावेश गर्दै यति नै वेला देखिएको व्यक्तिका प्रतिभा क्षमतालाई समाजवाद निर्माणमा प्रयोग गर्न नसक्ने पक्षलाई समावेश गर्दै माक्र्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवादको थप विकास गरेर नै  वैचारिक हिसावले एउटा नया र सम्मुन्नत विचार निर्माण गर्ने र त्यही नया विचार वोक्न लायक र सक्षम संगठन सहितको  नया शक्तिको निर्माण आजको ऐतिहासिक आवश्यकता हो ।
यो लेख एमाओवादीका केन्द्रिय सदस्य खिमलाल देवकोटाको ब्लगबाट साभार गरिएको हो ।