दक्षिण एसियाली राष्ट्रहरुमा युवाको परिभाषा

अहिलेको वर्तमान अवस्थामा “लोकतन्त्र र युवा” यस्ता शब्दहरु हुन, जसको अस्तित्वलाई कसैले पनि नकार्न सक्दैन । नेपालको सन्दर्भमा भन्दा सम्पूर्ण राजनीतिक दलहरुले “लोकतन्त्र र युवा” लाई आत्मसाथ गरेको पाईन्छ, तर व्यवहारमा भने यसको कार्यान्वयन भएको पाईदैन । जति नै अलोकतान्त्रिक कार्य गरे पनि उहाँहरु आफ्नो दललाई लोकतान्त्रिक दल भन्न छाड्दैनन् र उमेर जति ढल्के पनि आफुलाई युवा नेता भन्न हिच्कीच्याउदैनन् ।

संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १५ देखि २४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई युवा भनिन्छ । विभिन्न देशमा युवाको परिभाषा फरक–फरक छ, नेपालको राष्ट्रिय युवा नीति २०६६ का अनुसार १६ देखि ४० वर्ष को उमेर समुहलाई युवा भनेर परिभाषित गरिएको छ । दक्षिण एसिया मै सबैभन्दा बढि उमेर समुहलाई युवा मान्ने देश नेपाल हो । दक्षिण एसियाली राष्ट्रहरुमा त्यहाँको राष्ट्रिय युवा नीतिका अनुसार युवाको परिभाषा फरक–फरक रहेको छ, जसको विवरण तलको ग्राफमा प्रस्तुत गरिएको छ ।

youth Definition by age