पाँचथर, बिराटनगर र धनगडीमा अभिमूखीकरण कार्यक्रम सम्पन्न

युवा रोजगार प्रबद्र्धन अभियान अन्र्तगत मिति २०६७ साल चैत्र १९–२० गते पाँचथरमा, चैत्र २२–२३ गते बिराटनगरमा युवा रोजगारी प्रबद्र्धन अभियान अन्र्तगत क्षेत्रगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । त्यस्तै गरी मिति २०६८ साल बैशाख २८–२९ गते कैलालीको धनगडीमा पनि क्षेत्रगत अभिमूखीकरण कार्यक्रम सम्पन्न भयो । यी कार्यक्रमहरुमा विभिन्न जिल्लाका युवा प्रतिनिधिहरुको उल्लेखनीय सहभागीता थियो । पाँचथरमा सम्पन्न अभिमूखीकरण कार्यक्रममा पाँचथर, इलाम, ताप्लेजुङ्ग र झापा जिल्लाका ३६ जना युवा प्रतिनिधिहरुको सहभागिता थियो ।

त्यस्तै गरी विराटनगरमा सम्पन्न अभिमूखीकरण कार्यक्रममा मोरङ्ग, धनकुटा,भोजपुर, तेह्रथुम र संखुवासभाको ४२ जना युवा प्रतिनिधिको सहभागिता थियो भने धनगडीमा सम्पन्न अभिमूखीकरण कार्यक्रममा कञ्चनपुर, दार्चुला र कैलालीका ३१ जना प्रतिनिधिहरुको सहभागिता थियो । यी तीन वटै क्षेत्रका कार्यक्रमहरुको ढाँचा पत्रकार सम्मेलन, उदघाटन र समापन गरी तीन भागमा विभाजित थियो । कार्यक्रमको सञ्चालन तथा सभापतित्व ठाँउ अनुसार आठ राजनीतिक दलका युवा संगठनहरुले मिलेर गर्नु भएको थियो ।

यी कार्यक्रमहरु अन्र्तगत युवा प्रतिनिधिहरुलाई अभियान संचालनको विधि र उपायको बारेमा जानकारी गराइएको थियो । साथै यी कार्यक्रमहरुमा स्थानीय स्तरमा अभियान संचालनको विषयमा प्रतिनिधिहरुले जिल्ला स्तरीय कार्ययोजनाको पनि निर्माण गरेका थिए । साथै प्रतिनिधिहरुले कार्ययोजना अनुरुप जिल्ला तहमा अभियान संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।