आतंकबादको भरतसना गर्दै युवाहरुद्धारा पाकिस्तानी राजदुताबासमा समवेदना प्रकट

काठमाण्डौं, पौष ४, विभिन्न आठ राजनीतिक युवा संगठनरुद्धारा पाकिस्तानको पेसावर सहरस्थित सैनिक विद्यालयमा मंगलवार तालिवान लडाकुहरुले गरेको आतंककारी आकक्रमणको निन्दा गर्दै नेपाल स्थित पाकिस्तानी राजदुतावासमा आज संयुक्त रुपमा समवेदना प्रकट गरेका छन् । उक्त कार्यक्रममा आठ राजनीतिक युवा संगठनको तर्फबाट मधेसी युवा फोरम, नेपालका अध्यक्ष संजय यादवले समवेदना–पत्र पढेर पाकिस्तानी राजदुत अर्सद साउद खोसालाई हस्तान्तरण गर्नु भएको थियो । यादवले समवेदना–पत्र मार्फत पाकिस्तानमा घटेको उक्त कायरतापुर्ण घटना प्रति खेद व्यक्त गर्दै उक्त घटनाले सम्पूर्ण नेपाली युवाहरुलाई पनि स्तब्ध पारेको र उक्त घटनामा सहादत प्राप्त गर्नु भएको सम्पूर्ण निर्दोष बालबालिका तथा व्यत्तिहरु प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्नु भएको थियो । साथै उहाँले पाकिस्तानले भोगिरहेको यस दुख दायी अवस्थामा नेपाली युवाहरुले यथासक्य सहयोग गर्ने धारणा राख्नु भएको थियो ।

उक्त कार्यक्रममा पाकिस्तानी राजदुत अर्सद साउद खोसा ज्यूले पाकिस्तानमा घटेको उक्त घटना प्रति नेपालका राजनीतिक नेतृत्व, नेपाली युवाहरु र आम जनताले देखाउनु भएको साहनुभुती प्रति हार्दिक आभार प्रकट गर्दे यस्तो खालको घटना भोलीको दिनमा कसैले पनि भोग्नु नपरोस् भन्ने धारणा व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा योङ्ग कम्युनिष्ट लीग, नेपालका कार्यबहाक अध्यक्ष आर. सी. शर्मा, सदभावना युवा मञ्चका केद्रिय उपाध्यक्ष रञ्जित कुमार सिंह, प्रगतिशील युवा संघ, नेपालका केन्द्रिय अध्यक्ष लोकेन्द्र बहादुर शाही, नेपाल तरुण दलका केन्द्रिय सदस्य राधा घले, मधेसी युवा फोरम, नेपाल (लोकतान्त्रिक) का केन्द्रिय सदस्य मनोज शाह, मधेसी जनाधिकार फोरम, नेपालका केन्द्रिय अध्यक्ष संजय यादव, तराई मधेस युथ फ्रन्टका केन्द्रिय सह–सचिव कामरेन्द्र वर्मा र युवा संघ, नेपालका केन्द्रिय सचिव मञ्जु यादभको सहभागिता थियो ।

पाकिस्तानको पेसावर सहरस्थित सैनिक विद्यालयमा मंगलवार तालिवान लडाकुहरुले आक्रमण गर्दा १३२ जना बालबालिका सहित १४१ जनाको मृत्यु भएको थियो ।

3                      4

 

5                     6

 

9                    1

 

  • Nepali Yuwa

    Good job