विभिन्न ठाउँमा क्षेत्रगत अभिमूखीकरण कार्यक्रम सम्पन्न ।

युवा रोजगार प्रवद्र्धन अभियान अन्र्तगत मिति २०६८ जेष्ठ १–२ गते डडेलधुरामा अछाम, बाजुरा, बझाङ, डडेलधुरा, डोटी र बैतडीका ३९ जना युवा प्रतिनिधिहरुको सहभागीतामा, मिति २०६८ साल जेष्ठ ४ र ५ गते सुर्खेतको बिरेन्द्रनगरमा जाजरकोट, कालिकोट, जुम्ला, दैलेख र सुर्खेतका ४२ जना युवा प्रतिनिधिको सहभागितामा, मिति २०६८ असार ८ र ९ गते रुपन्देही जिल्लाको बुटवलमा रुपन्देही कपिलबस्तु, नवरपरासी, पाल्पा र गुल्मी जिल्लाका ५२ जना युवा प्रतिनिधिहरुको सहभागितामा र मिति २०६८ साल असार ११ र १२ गते दाङको घोराहीमा दाङ, प्युठान, सल्यान, रुकुम र रोल्पा जिल्लाहरुका २३ जना युवा प्रतिनिधिहरुको सहभागितामा क्षेत्रगत अभिमूखीकरण कार्यक्रम सम्पन्न भयो । यी विभिन्न क्षेत्रका कार्यक्रमहरुको ढाँचा पत्रकार सम्मेलन, उदघाटन र समापन गरी तीन भागमा विभाजित थियो । कार्यक्रमको सञ्चालन तथा सभापतित्व ठाँउ अनुसार आठ राजनीतिक दलका युवा संगठनहरुले मिलेर गर्नु भएको थियो ।

यी कार्यक्रमहरु अन्र्तगत युवा प्रतिनिधिहरुलाई अभियान संचालनको विधि र उपायको बारेमा जानकारी गराइएको थियो । साथै यी कार्यक्रमहरुमा स्थानीय स्तरमा अभियान संचालनको विषयमा प्रतिनिधिहरुले जिल्ला स्तरीय कार्ययोजनाको पनि निर्माण गरेका थिए । साथै प्रतिनिधिहरुले कार्ययोजना अनुरुप जिल्ला तहमा अभियान संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।