युवाहरुद्धारा “समयमै संविधान, संयुक्त युवा दवाव अभियान” प्रारम्भ

विभिन्न आठ राजनीतिक युवा संगठनहरुले निर्धारित मिति २०७१ माघ ८ गते संविधान जारी गर्नको लागि “समयमै संविधान, संयुक्त युवा दवाव अभियान” को आज औपचारिक रुपमा घोषणा गरेका छन् । निर्धारित मिति २०७१ माघ ८ आउन केवल २७ दिन मात्र बाँकि रहेको तर संविधान निर्माण प्रक्रिया जुन गतीमा अगाडी बढ्नु पर्ने हो त्यस गतीमा नबढेकाले समयमै संविधान जारी गर्नको लागि यस अभियानको शुरुवात गरेको कुरा आयोजक संगठनहरु मध्येको एक संगठन नेपाल तरुणदलका केन्द्रिय सचिवालय सदस्य राधा घले ज्युले जानकारी दिनु भयो ।

123                   125
कार्यक्रममा योङ्ग कम्युनिष्ट लीग, नेपालका केन्द्रिय सचिवालय सदस्य लीला शर्मा ज्युले प्रेस–विज्ञप्ती बाचन गरी आगामी कार्यक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो । जस अनुसार सभासदहरुलाई निर्धारित समय अवगत गराउन समय सुचक घडी राख्ने, जिम्मेवार राजनीतिक नेतृत्वहरुलाई ध्यान आकर्षण गराउने, पत्र–पत्रिका, रेडियो तथा टेलिभिजन मार्फत दवाव सिर्जना गर्ने, अभियानको सन्देश प्रवाह गर्ने स्टिकर वितरण गर्ने तथा समयमै संविधान जारी गर्नको लागि सरोकारवालाहरुसंग संयुक्त छलफल तथा बहस गर्ने जस्ता कार्यक्रमहरु रहेका छन् । समय सूचक घडीको अनावरण आजै गर्ने योजना भएपनि संविधान सभा भवन अगाडीको उक्त स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएकाले उक्त कार्यक्रम आज हुन सकेन । सम्बन्धीत स्रोतका अनुसार केहि दिन भित्रै समय सुचक घडीको अनावरण पनि गरिने कार्यक्रम रहेको छ ।

sg0001
उक्त अभियानमा, तराई मधेश युवा फ्रन्ट, नेपाल तरुण दल, प्रगतिशील युवा संघ, नेपाल, मधेशी युवा फोरम, नेपाल, मेधेशी युवा फोरम, नेपाल (लोकतान्त्रिक), सदभावना युवा मञ्च, युवा संघ, नेपाल र योङ्ग कम्युनिष्ट लीग, नेपाल गरी आठ राजनीतिक युवा संगठनहरुको संलग्नता रहेको छ । विगत ६ वर्षदखि उक्त आठ राजनीतिक युवा संगठनहरुको सहकार्यले राष्ट्रिय युवा नीति सुझाव प्रतिवेदन, युवा रोजगारी प्रवद्र्धन अभियान, “उठौं युवा संविधान सभाको लागि जुटौं युवा” अभियान लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

126                    122