राष्ट्रिय युवा नीति प्रतिवेदन

५० प्रतिशत भन्दा पनि बढि १६–३५ वर्षका युवाहरुले हाम्रो नेपालको ठूलो हिस्सा ओगटेका छन् । तर, नेपाल सरकारले बनाएको अस्पष्ट नीतिहरुको कारण युवाहरुले आफ्नो सम्पूर्ण क्षमताको विकास गर्न सकिरहेका छैनन् । उनीहरुले गरिबी, शिक्षा र तालिममा सिमित पहुँच तथा जातीय विभेदीत पहुँच, सिमित रोजगारीको अवसरहरु, उच्च स्तरीय द्धन्द्ध, हिंसा र विभाजित सामाजिक संजाल र समुदायहरुको अनुभव गरेका छन् । तर, नेपाल सरकारको अस्पष्ट नीतिका कारण युवाहरुको यस्ता समस्याहरुको सम्बोधन गरिएको देखिदैन ।

युवाहरुको यस्ता समस्याहरुको समाधानका लागि आठ राजनीतिक युवा संगठनहरुको अनौपचारिक संजालले राष्ट्रिय युवा नीति परिमार्जनको लागि देशका ७५ वटै जिल्लाहरुबाट सल्लाह तथा सुझाव संकलन गरी राष्ट्रिय युवा नीति सुझाप प्रतिवेदन कार्यक्रम ग¥यो । नेपालको युवा नीति बनाउनको लागि गाउँ–गाउँ सम्म पुगि सुझाव संकलनको प्रक्रियालाई अघि सारी युवा संगठनहरु, नेपाली युवाका आवाज र विचारलाई संकलन गरी सो को प्रतिवेदन सम्बन्धित निकायमा बुझाईयो ।

उक्त सुझाव संकलन कार्यक्रम अन्र्तगत निम्न प्रकारका कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

  • राष्ट्रिय स्तरमा विभिन्न बहस सञ्चालन ।
  • यससंग सम्बन्धित विभिन्न पैरवी प्रकाशन ।
  • विभिन्न ठाउँमा कार्यशाला तथा गोष्ठि कार्यक्रमहरु सञ्चालन ।
  • राष्ट्रिय युवा नीति सुझाव प्रतिवेदन प्रकाशन तथा सम्बन्धित निकायलाई हस्तान्तरण ।