युवा रोजगारी प्रवर्द्धन अभियान

आज देशले भोगेको प्रमुख समस्याहरुमध्ये बेरोजगार एक प्रमुख समस्या हो । युवा बेरोजगारको समस्या जताततै गुन्जिरहेको तर यस विषयमा कुनै प्रगति नभएको अवस्थालाई भध्यनजर राख्दै नीतिगत रुपमै यसको समस्यालाई समाधान गर्न आठ राजनीतिक युवा संगठनको अनौपचारिक संजालले युवा रोजगारीका अवसर र चुनौतीहरु के के छन् ? पूर्व मेची देखि पश्चिम महाकालीसम्मका विभिन्न ग्रामिण तथा सहरी परिवेशमा छहरिएर रहेका नेपाली युवाहरुका जनजीविकासँग सम्बद्ध सवालहरु के के छन् ? भन्ने कुराको साथै राज्य मार्फत् युवा रोजगारी प्रवद्र्धनका लागि युवाहरुको चाहना, परिस्थिति र रोजगारीको अवसरमैत्री के–कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने कुराको विश्लेषण गरे ।

यस सिलसिलामा आठ राजनीतिक युवा संगठनहरुले नेपालका ६२ जिल्लाहरुमा विभिन्न राजनीतिक युवा संगठनमा आवद्ध भएका तथा स्वतन्त्र युवा संगठनहरुमा रहेका युवाहरुसँग छलफल तथा बैठक बसेर युवा रोजगारीका बारेमा उनीहरुका धारणा र सुझाव संकलन गरेका थिए ।

यो कार्यक्रमको एक मुख्य उद्देश्य युवा रोजगारी प्रवद्र्धनको लागि सुझावसहितको प्रतिवेदन तयार गर्ने भएकाले स्थानीय रोजगारीका विभिन्न क्षेत्रमा रहेका र स्वरोजगार तथा वैदेशिक रोजगारी क्षेत्रका विज्ञहरुको सुझावलाई समेत समावेश गरी प्रतिवेदन तयार पारियो । जसले युवा रोजगारीको विषयलाई राष्ट्रिय तहमा प्राथामिकता दिई राष्ट्रको विकास योजनामा युवा रोजगारीका समस्याहरुलाई सम्बोधन गर्दै युवाहरुका लागि रोजगारीको अवसर बढाउनको लागि लिईनु पर्ने आर्थिक तथा सामाजिक नीति तथा सुझावहरुको प्रस्ताव गरेको छ ।

यस राष्ट्रिय युवा रोजगारी प्रवद्र्धन अभियानका उद्देश्यहरु यस प्रकार थियो ।

  • नेपालमा नै रोजगारी सिर्जना गर्न र रोजगारी सिर्जनाका सम्भाव्य क्षेत्रमा वैकल्पिक उपायहरु निर्माण आवश्यक छलफल तथा बहस गर्ने ।
  • नेपालमा युवा रोजगारीको दर बढाउनको लागि राष्ट्रिय नीतिहरुमा प्रभाव पार्ने तथा अन्य पहलहरु गर्ने ।
  • स्थानीय स्तरमा रोजगार प्रवद्र्धन गर्न सरोकारवालाहरुसँग सहकार्य, समन्वय र सम्बन्ध विस्तार गर्ने ।
  • युवाहरुलाई रोजगारीको वैकल्पिक उपाउको रुपमा उद्यमशीलता अपनाउन जागरुक बनाउने ।
  • वैदेशिक रोजगारीमा जाने युवाहरुलाई त्यहाँ हुनसक्ने जोखिम तथा सम्भाव्य अवसरका बारेमा सचेत र सुचित तुल्याउने ।