शान्तिपूर्ण, निष्पक्ष र भयरहित निर्वाचन अभियान

नेपालको बिगतका निर्वाचनहरुको अभ्यासलाई हेर्दा निर्वाचनको बेलामा विभिन्न दलहरु बिच झै–झगडाको वातावरण सिर्जना भएको देखिन्छ । विभिन्न कारणले गर्दा मतदाताहरु मतदान गर्न नजाने, निर्वाचनको निष्पक्षतामाथि प्रश्न चिन्ह उठ्ने गरेको पाईन्छ । परिवर्तनका संवाहक युवाहरुको उमेदवारी न्युन रहेको पाइन्छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनुर्दछ ।

नेपालमा पहिलो संविधान सभाको असफलता पश्चात दोस्रो संविधान सभाको निर्वाचन हुन गईरहेको छ । उक्त संविधान सभाको निवार्चनलाई स्वतन्त्र, निष्पक्ष र भएरहित बनाउनको लागि आठ राजनीतिक युवा संगठनको संयुक्त प्रयासमा निर्वाचन अभियान सञ्चालन गरिएको छ ।

उक्त संजालले निर्वाचनका बेलामा हुने गरेका विभिन्न प्रकारका अनैतिक, अपराधिक गतिविधिहरुलाई निस्तेज पार्दै समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले मुलुकभरका विभिन्न रेडियो, टेलिभिजन तथा पत्र–पत्रिका मार्फत सन्देश प्रचार–प्रसार तथा प्रसारण गरियो ।

यस अभियानका प्रमुख उद्देश्यहरु निम्न अनुसारका थिए ।

  • मतदाता संख्या बृद्धि गर्ने ।
  • शान्तिपुर्ण, भएरहित र निष्पक्ष निर्वाचन ।
  • युवा उमेदवारको संख्या बृद्धि गर्ने ।