राजनीतिक युवा संगठनहरु

युवा शक्ति कुनै पनि राष्ट्र विकासको मेरुदण्ड हो । जुन देशका युवाहरु सबल र अब्बल छन् त्यस देशको विकास पनि अब्बल भएको पाईन्छ । युवा हरेक परिवर्तनका संवाहक हुन् । कुनै पनि देशको राजनीतिक, सामाजिक तथा आर्थिक विकासमा युवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । युवाको भूमिकालाई कसैले नकार्न सक्दैन ।

नेपालको राजनीतिक क्षेत्रमा पनि युवाको महत्वपूर्ण भूमिका रहेको कुरालाई मध्यनजर राख्दै नेपालका विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो युवा संगठनहरु गठन गरेका छन् । विभिन्न दलहरुले आफ्नो दलको उद्देश्य प्राप्तिका लागि युवाहरुलाई सक्रिय भूमिका प्रदान गर्ने गरेका छन् । जुन दलको युवा संगठन बलियो छ स्वत रुपमा त्यो दल पनि बलियो हुने गर्दछ । विभिन्न आन्दोलनमा मात्र नभएर राज्यको नीति नियम निर्माण तहसम्म युवाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् । युवाहरुको विकासको लागि मात्र नभएर आफू भन्दा अगाडि र पछाडिका पुस्ताहरुको विकासका लागि समेत युवाहरुको महत्वपूर्ण भूमिका रहेको छ । युवाहरुलाई शसक्त रुपमा परिचालन गरी समृद्ध राष्ट्र निर्माण गर्न नेपालका विभिन्न राजनीतिक दलहरुले युवा राजनीतिक संगठनहरु निर्माण गरेका छन् ।

नेपालका केहि युवा राजनीतिक संगठनहरुका नामवली

क्र.सं. युवा संगठन मातृ पार्टी
तराई मधेश युवा फ्रन्ट तराई मधेश लोकतान्त्रिक पार्टी
नेपाल तरुण दल नेपाली काँग्रेश
प्रगतिशील युवा संघ नेपाल–नेकपा माले
मधेशी युवा फोरम, नेपाल मधेशी जनअधिकार फोरम,नेपाल
 मधेशी युवा फोरम, नेपाल (लोकतान्त्रिक) मधेशी जनअधिकार फोरम,नेपाल (लोकतान्त्रिक)
सदभावना युवा मञ्च  सदभावना पार्टी
 युवा संघ, नेपाल नेकपा एमाले
योङ्ग कम्युनिष्ट लीग, नेपाल नेकपा एमाओवादी
नेपाल क्रान्तिकारी युवा संघ नेपाल मजदुर किशान पार्टी
१० राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल
११ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन राष्ट्रिय प्रजातन्त्र पार्टी
१२ अखिल नेपाल जनवादी युवा संघ राष्ट्रिय जनमोर्चा
१३ जय जनता युवा संगठन नेपाल जनता दल