तराई मधेस युवा फ्रन्ट

मातृ पार्टी  
तराई-मधेश लोकतान्त्रिक पार्टी
झण्डा

tmyf

वर्तमान अध्यक्ष
कृष्ण कुमार सिंह
सम्पर्क ठेगना  
तराई मधेश युवा फ्रन्ट, केन्द्रिय कार्यालय काठमाडौं अनामनगर, बिजुलीबजार

राज्यमा हुदै आईरहेको सबै प्रकारका आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, धार्मिक, जातिक, लैङ्गीक, क्षेत्रीय, शैक्षीक र सरकारको सबै अङ्ग तथा शक्तीमा रहेको विद्यमान विभेदको अन्त्य गरी नेपाल राज्यको वर्तमान संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन पद्वतिलाई मौलिक रूपले सशक्त बनाउदै सन्तुलित पर्यावरण, शान्त, समृद्व एवं एक अर्काका परिपूरक आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, राजनीतिक, जातीय लैङ्गिक, क्षेत्रीय समातामुलक परिवेश कायम गर्न वाञ्छनीय देखिएकोले,

प्राविधिक एवं वैज्ञानीक रूपले श्रोत तथा साधनको उत्पादन र उपयोगिता, सेवा र सुविधाको सहज आपूर्ति र मानवीय मूलभुत आवश्यकता, सामुदायिक तथा व्यक्तिगत आत्मसम्मान तथा सहज अवसरको स्थापना, व्यवस्थापन र संचालन गर्नको लागि सत्यवान, निष्ठावान, राजनीतिक रूपले शसक्त, संघर्षशिल, गतिशिल, जीवन्त, क्रान्तिकारी युवा संगठनको अपरिहार्यता देखिएकाले यो युवा संगठन “तराई मधेश युवा फ्रन्ट” गठन गरिएको हो । यो युवा संगठन तराई मधेस लोकतान्त्रिक पार्टीको भातृ संगठनको रुपमा रहनेछ । यसलाई अंग्रेजीमा Tarai Madhesh Youth Front भनिन्छ ।

यस संगठनको निम्न लिखित मुख्य उद्देश्यहरु हुनेछः

१) राष्ट्र र राष्ट्रियतालाई उच्च प्राथिकतामा राखि कार्य गर्ने ।

२) राष्ट्र र राष्ट्रियताको परिभाषालाई व्यापक र समय सापेक्ष बनाउदै त्यसप्रति नागरिकको कर्तव्य, दायित्व तथा निष्ठालाई अभिवृद्धि गरी समृद्ध नेपालको सपना साकार गर्ने गराउने ।

३) वर्षौ देखि राष्ट्रमा युवाको भुमिकालाई न्युनीकरण गर्ने परिपाटी राजनीतिक दल लगायत अन्य ठाउँमा रहदै आएकोमा नयाँ नेपालको निर्माणको परिपेक्षमा युवाको भुमिकालाई महत्वपूर्ण स्थान दिन र त्यस भित्र पनि वषौं देखि अपहेलित एवं उत्पिडित रहेका मधेशी, दलीत, जनजाति एवं अल्पसंख्यक युवालाई राष्ट्रको मुलधारमा समाहित गर्न संघर्षरहित रहने ।

४) भेदभाव मुक्त समतामूलक समाजको निर्माणमा सक्रिय रहने ।

५) राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण एवं अनुकरणीय हुने गरी कार्यक्रम संचालन गर्ने ।

 

<<अन्य राजनीतिक युवा संगठनहरु