प्रगतिशील युवा संघ, नेपाल

मातृ पार्टी 
 नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)
 झण्डा

pyfn

वर्तमान अध्यक्ष 
लोकेन्द्र शाही
सम्पर्क ठेगना  
प्रगतिशील युवा संघ, नेपाल, केन्द्रिय कार्यालय, रुद्रनगर मार्ग–३५९, रातोपुल, काठमाडौं

प्रगतिशील युवा संघ, नेपाल सम्पूर्ण प्रगतिशील, जनवादी तथा देशभक्त युवाहरुको साझा तथा गौरवशाली संगठन हो । यसले समग्र युवाहरुको हक–हित र अधिकारलाई सुनिश्चित गर्न सम्पूर्ण खाले अन्याय, अत्याचार र दमनलाई निर्मूल गर्दै न्याय, समानता र स्वशासनको वकालत गर्दछ । यो संगठन सर्वप्रथम २०४७ साल जेठ १ गते केपी ओली अध्यक्ष रहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको नाममा स्थापना भएको हो । त्यस पछि २०५० साल फागुन १२–१५ गते विराटनगरमा भएको दोस्रो सम्मेलनबाट केशव स्थापितको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी बन्यो । २०५७ साल फागुन २२ गते पार्टी विभाजन पश्चात भएको युवाहरुको सम्मेलनबाट उदयराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति बन्यो ।

२०५९ वैशाख ३ गते रामहरि कार्कीको अध्यक्षतामा पुनः संगठनलाई पुनर्गठन गरियो । २०५९ पुष २७ र २८ गतेको राष्ट्रिय कार्यकर्ताको भेलाले यो संगठनको नाम प्रगतिशील युवा संघ, नेपाल राख्ने निर्णय गर्यो । २०६३ साल चैत्र १ गते भएको सम्मेलनबाट क.अइन्द्रसुन्दर नेम्वाङ्गको अध्यक्षता नयाँ कार्यसमिति बन्यो । २०६५ असोज ३–४ गते भएको संघको चौथो राष्ट्रिय सम्मेलनले पुनः अइन्द्रसुन्दर नेम्वाङ्गलाई अध्यक्षमा चयन गर्यो । २०६८ वैशाख १० र ११ गते भएको संघको पाँचौं राष्ट्रिय सम्मेलनले क. जयप्रकाश (जे.पी.) केरुङ्गको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति बन्यो । २०७० वैशाख २८ र २९ गते भएको संघको छैटौं राष्ट्रिय सम्मेलनले क.लोकेन्द्र शाही अध्यक्ष रहेको ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यसलाई अंग्रेजीमा  Progressive Youth Federations, Nepal भनिन्छ ।

यस संगठनका केहि प्रमुख उद्देश्यहरु  ः

१ नेपाली युवाहरुको हक, हित, अधिकारको प्राप्ति र सुरक्षाको लागि कृयाशील रहने ।

२ नेपाली युवाहरुको मानसिक, शारीरिक र भौतिक विकासका लागि कार्यरत रहने ।

३ युवा समुदायलाई सामाजिक क्षेत्रमा सक्रिय, रचनात्मक भूमिका निर्वाह गर्न प्रेरित गर्दै उनीहरुलाई अन्धविश्वास र सबै प्रकारका भेदभाव तथा कुरितिहरु विरुद्ध कृयाशील बनाउने ।

४ युवा समुदायलाई पतनशील, भ्रष्ट साहित्य, कला र संस्कृति विरुद्ध सचेत तुल्याउदै प्रगतिशील राष्ट्रिय जनवादी चरित्रको साहित्य, कला र संस्कृतिको निर्माणको लागि कृयाशील रहने ।

५ युवा समुदायलाई विभिन्न प्रकारका कुलत, दुव्र्यसन, भोकमरी र अन्य प्राकृतिक घटना आदिबाट मुक्त हुने अभियानमा सरिक गराउने ।

 

<<अन्य राजनीतिक युवा संगठनहरु