मधेसी युवा फोरम, नेपाल

मातृ पार्टी  
मधेसी जनअधिकार फोरम नेपाल
झण्डा

myfn

वर्तमान अध्यक्ष 
संजय यादव
सम्पर्क ठेगना  
मधेसी युवा फोरम, नेपाल, केन्द्रीय कार्यालय, वालकुमारी–८, ललितपुर (वालकुमारी मन्दीर नजिक)

परिचय
नेपालमा परापूर्व कालदेखि बसी आएका मधेसी सांस्कृतिक समदुायका मानिसहरु शाहवंशीय शासनको प्रार्दुभाव भएदेखि आजसम्म एकात्मकवादी पहाडी राज्यसत्ताबाट अपहेलित र सामाजिक, आर्थिक तथा राजनीतिक रुपमा विभेदका शिकार छन् । नेपालका मधेसीहरु प्रारम्भदेखि आजपर्यन्तका सबै शासन व्यवथापन संविाधन तथा ऐन, कानूनका आधारमा व्यवहारतः विश्वमान्य मानवअधिकार र संयुक्त राष्ट्रसंघले व्याख्या गरेको सामाजिक, सांस्कृतिक आर्थिक एवं नागरिक र राजनीतिक अधिकारहरु तथा न्याय बाट निरन्तर बञ्चित रहेका छन् । तसर्थ नेपालका मधेसी सांस्कृतिक समदुायका नर नारीहरुको नैसर्गिक मानव अधिकार एवं न्यायपूर्ण जीवनयापनको प्राप्तिका लागि अखण्ड नेपाल भित्र पूर्णलोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मधेसी समुदायको औपनिवेशीक मुक्ति, प्रादेशिक स्वायत्तता, आत्सम्मान तथा आत्मनिर्माणको अधिकार र लोकतान्त्रिक आकांक्षहरुको प्राप्तिको न्यायपूर्ण संघर्षलाई अगाडी बढाउन मुलुकको जनसंख्याको एकमूख्य भागको रुपमा रहेका मधेसी युवाहरुलाई एकताबद्ध तथा संगठित गर्न वाञ्छनीय भएकाले यस विधानद्वारा मधेसी युवा फोरम नेपालको गठन गरिएको छ । यस संस्थाको नाम “मधेसी युवा फेरम–नेपाल” रहनेछ र यसलाई अंग्रेजीमा ” Madheshee Youth Forum- Nepal भनिन्छ ।

युवा फोरमका मुख्य उद्देश्यहरु निम्न प्रकारका छन्ः

१. देशमा हाल विद्यमान रहेका अर्थसामान्ती, जातीय विभेदकारी, राजनीतिक सामाजिक वनौटमा आमुल परिवर्तन ल्याउनका लागि मधेसी जनअधिकार फोरम नेपालको क्रान्तिकारी नेतृत्वमा गोलबन्द भै न्यायपूर्ण संघर्षको माध्यमबाट जातीय विभेदरहित समतापूलक समाजको स्थापना गर्न अग्रसर रहनेछ ।

२. एकात्मबादी तथा केन्द्रिकृत राज्यसत्ताको विकल्पमा प्रभावकारी राष्ट्रिय एकताको निर्माणका लागि नेपालमा संघीय शासन प्रणाली र प्रादेशिक राज्य ढाँचा निर्माणको कार्यमा लाग्ने ।

३. संघीय शासन प्रणालीलाई बढी प्रभावकारी तथा लोकतान्त्रिक बनाउन नेपाली मधेसी सांस्कृतिक समुदायका सबै जात–जाति, दलित, महिला एवं धर्मावलम्वीहरुका बीचको एकतालाई अभिवृद्धि गर्ने ।

४. मधेसी सांस्कृतिक समुदाय भित्रका अभिन्न अंग मधेसी दलितहरु, अल्पसंख्यक मुसलमानहरु तथा आदिवासी थारु लगायतका सबै जात जातीहरुलाई समान आकांक्षाको लगायतका सबै जात जातीहरुलाई समान आकांक्षाको आधारमा प्रवल मधेसी एकताको निर्माण गर्ने ।

 

<<अन्य राजनीतिक युवा संगठनहरु