मधेसी युवा फोरम, नेपाल (लोकतान्त्रिक)

मातृ पार्टी 
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
झण्डा

myfnd

वर्तमान अध्यक्ष
शत्रुधन प्र. सिंह कोईरी 
सम्पर्क ठेगना  
मधेसी युवा फोरम, नेपाल(लोकतान्त्रिक) केन्द्रीय कार्यालय, थापागाँउ काठमाडौं, नेपाल

परिचय

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । मुलुकको यस आधारभूत स्वरुपका बावजूद पनि शताब्दीऔंदेखि राज्यको एकात्मवादी सोचका कारणबाट यहाँ परम्परादेखि आएका विभिन्न समुदाय तथा आदिवासी जनताहरुको खिलाफमा जातीय विभेद रहदै आएको छ । नेपाल राज्य भित्रको जनसंख्याका एकतिहाई भन्दा बढी भाग ओगटेका मधेशी सांस्कृतिक समुदायका जनताहरु शाहवंशीय शासनको प्रार्दुभाव भएदेखि आजसम्म राज्यसत्ताबाट सबभन्दा बढी अपहेलित र सामाजिक, आर्थिक तथा राजनीतिक रुपमा विभेदका शिकार रहेका छन् । मधेशीहरु आजसम्मका सबै शासन प्रणालीहरु तथा तिनको स्रोत संविधानले व्याख्या गरेको सामाजिक, सांस्कृतिक, आर्थिक, एवं नागरिक र राजनीतिक अधिकारहरु एवं न्यायबाट निरन्तर बञ्चित रहेका छन् । मधेशी युवाको ठूलो हिस्सा उचित रोजगारीको अभावमा विदेशिएको, मधेशमा शैक्षिक स्तर दिन प्रतिदिन घट्दै गइ रहेको सशस्त्र समूहमा आवद्धता, कुलत जस्ता समस्या हामी सामु रहेका छन् ।

मधेशी युवाहरुको विभिन्न सामाजिक समस्या र राज्यप्रदत्त विभेदको अन्त्यका लागि राष्ट्रिय राजनीतिक दलहरु तथा तिनको युवा भ्रातृ संगठनहरुको सहकार्यमा पनि उही जातीय विभेदको जड भावना पाएकोले मधेशी युवाहरुको यस विशेष समस्याको समाधानका लागि, नेपाली मधेशीको रुपमा नैसर्गिक मानवअधिकार एवं न्यायपूर्ण जीवनयापनको समान अवसरहरुको प्राप्तिका लागि तथा अखण्ड नेपाल भित्र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट मधेशी सांस्कृतिक समुदायको प्रादेशिक स्वायतत्ता, आत्मसम्मान तथा आत्मनिर्णयको अधिकार र लोकतान्त्रिक आकांक्षाहरुको संस्थापनको न्यायपूर्ण संघर्षलाई अगाडी बढाउन मूल संगठन मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)को नेतृत्व तथा आवद्धतामा देशको जनसंख्याको एक प्रमुख भाग मधेशी युवाहरुको नेतृत्वदायी सगठन मधेशी युवा फोरम, नेपाल (लोकतान्त्रिक)को गठन गरिएको छ । यसलाई अंग्रेजीमा “ Madheshee  Youth Forum, Nepal (Democratic) ” भनिनेछ ।

यस लोकतान्त्रिक युवा फोरमको मुख्य उद्देश्यहरु तल उल्लेख गरिए बमोजिमको रहेको छ  ः

(१) देशमा हाल विद्यमान रहेका अद्र्धसामन्ती, जातीय विभेदकारी, राजनीतिक सामाजिक बनौटमा आमूल परिवर्तन ल्याउनका लागि मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)को क्रान्तिकारी नेतृत्वमा गोलबन्द भै न्यायपूर्ण संघर्षको माध्यमबाट जातीय विभेदरहित एवं संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट समतामूलक समाजको स्थापना गर्न अग्रसर रहने ।
(२) एकात्मवादी तथा केन्द्रीकृत राज्यसत्ताको आजसम्मको प्रयोग राष्ट्रिय एकताको विपक्षमा गएकोले प्रभावकारी राष्ट्रिय एकताको निर्माणका लागि नेपालमा संघीय शासन प्रणाली र प्रादेशिक राज्य ढाँचा निर्माणको कार्यमा सघाउन सम्पूर्ण मधेशी युवाहरुलाई अभिप्रेरित गर्ने ।
(३) संघीय शासन प्रणालीको पक्षमा जागरुक जनमत बनाउन नेपालभित्रका मधेशी सांस्कृतिक समुदायका सबै जात, जाति, दलित, महिला एवं धर्माम्बलम्बी युवाहरुबीचको एकतालाई अभिवृद्धि गर्ने ।

 

<<अन्य राजनीतिक युवा संगठनहरु