सदभावना युवा मञ्च

मातृ पार्टी 
सदभावना पार्टी
झण्डा 
syf
वर्तमान अध्यक्ष 
शम्भु सिंह (सुप्रिम)
सम्पर्क ठेगना  
सदभावना युवा मंच, केन्द्रीय कार्यालय, थापागाँउ काठमाडौं, नेपाल

परिचय

शताब्दीयौंदेखि शोषीत र उत्पीडित नेपाली युवाहरुलाई विभिन्न खालका शोषणबाट मुक्त गरी नागरीक हक प्राप्तिका लागि सद्भावना युवा मञ्चको स्थापना गरिएको हो । वि.सं. २०५० सालमा स्थापना भएको यस संगठनले बहुदलीय लोकतान्त्रिक, गणतान्त्रिक संसदीय पद्धतियुक्त व्यवस्था स्वीकार गर्दछ । नेपालको सबै युवा वर्गको हक हितको संरक्षण र संवद्र्धन गर्दै शैक्षीक, भाषिक, साँस्कृतिक एवं राजनीतिक शोषणको अन्त्य गरी शारीरिक, मानसिक, बौद्धीक एवं नैतिक स्तर प्रति समर्पित युवा शक्ति तयार गरी समृद्ध राष्ट्र निर्माणका लागि यस संगठनको गठन गरिएको हो । यो युवा मञ्च सद्भावना पार्टीको भातृ संगठन हो । यसलाई अंग्रजीमा Sadbhawana Youth Front  भनिन्छ ।

यस सद्भावना युवा मञ्चको मुख्य उद्देश्य :

नेपालको सबै युवा वर्गको हक हितको संरक्षण र संवद्र्धन गर्दै शैक्षीक, भाषिक, साँस्कृतिक एवं राजनीतिक शोषणको अन्त्य गरी शारीरिक, मानसिक, बौद्धीक एवं नैतिक स्तर प्रति समर्पित युवा शक्ति तयार गरी समृद्ध राष्ट्र निर्माण गर्नु यस संगठनको प्रमुख उद्देश्य हो ।

 

<<अन्य राजनीतिक युवा संगठनहरु