योङ्ग् कम्युनिष्ट लीग, नेपाल

मातृ पार्टी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र
झण्डा
ycl
वर्तमान अध्यक्ष
आर. सी. शर्मा
सम्पर्क ठेगना  
योङ कम्युनिष्ट लिग,नेपाल
केन्द्रिय कार्यालय
पेरिसडाँडा कोटेश्वर–काठमाडौंफोनः+977-1-46024170
फ्याक्सः+977-1-4602289ईमेलः info@ycl.org.np
वेबसाईटः http://www.ycl.org.np

परिचय :

योङ्ग कम्युनिष्ट लिग नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टी एनेकपा ( मावोवादी) को सहायक र नेपाली कम्युनिष्ट आन्दोलनमा युवाहरुको निरन्तर नेतृत्व गरिरहेको शसक्त र अग्रगामी संगठन हो। नेपालमा संगठित राजनीतिक आन्दोलनको शुरुवात संगै संगठित युवा आन्दोलनको शुरुवात भयो । यसै सन्दर्भमा २००८ सालमा वाई.सी.एल. को नामबाट देशको तत्कालिन अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था विरुद्ध संघर्षको लामो अभियान थालनी गर्यो र किसान, मजदूरको बिचमा रही राष्ट्रियता, जनहित र जनजीविकाको सवाललाई लिएर उत्पीडित गरिब वर्गहरुको राज्य सत्ता निर्माणको लागि संघर्षको अग्रभागमा रहेर वाई. सी. एल. ले जनसंघर्ष र शसस्त्र संघर्षको ईतिहास रच्दै अगाडी बढी रहेको आजको वास्तविकता हो । कम्युनिष्ट आन्दोलनमा टुटफुट र विभाजन संगै युवा संगठनहरुमा पनि टुटफुट र विभाजन भएको पनि हाम्रो ईतिहास छ । तर टुटफुट र विभाजन संगसंगै आन्दोलनको नया शिराबाट विकास गर्दै अगाडी बढी रहेको छ । यसलाई  अङग्रेजीमा  YOUNG COMMUNIST LEAGUE, NEPAL भनिन्छ ।
यो १६ देखि ४० वर्ष सम्मका देशभक्त गणतन्त्रवादी बामपन्थी र प्रगतिशील युवाहरुको साझा संगठन हो । सबै जिल्ला निर्वाचन क्षेत्र, एरिया, गाउँ/नगर तथा वार्ड स्तरसम्म व्यापक संगठनात्मक संरचना भएको र दश लाख साधारण सदस्य रहेको क्रान्तिकारी युवाहरुको व्यापक र शसक्त संगठन र क्रान्तिकारी युवा आन्दोलनको मुलप्रबाह हो । वाई. सी.एल. को सदस्यहरु देशभित्र र देशबाहिर पनि संसारको विभिन्न कुनामा रोजीरोटीको लागि गएका परिवर्तनकामी युवाहरुको बिचमा संगठित र क्रियाशील छ । राष्ट्रियता, जनतन्त्र, जनजीविका र युवासरोकारका मुद्दाहरुलाई निरन्तर उठाउदै आएको संगठन हो । मिति २०५२ साल देखि तत्कालिन नेकपा ( मावोवादी ) ले जना युद्ध गर्दा महत्वपूर्ण भूमिका खेल्यो भने जनयुद्ध पश्चात शान्ति र जनसंविधान निर्माणको कार्यदिशा अंगिकार गरेपछि  स्वत वाई सी एलले पनि उक्त कार्यदिशालाई सफल बनाउन जनताको राष्ट्रिय संघीय गणतन्त्र स्थापनार्थ १९ दिने संयुक्त जनान्दोलन, संबिधानसभाको चुनाबमा शसक्त भूमिका गर्न सफल भयो ।
उद्देश्य : 
 
           १) मार्क्सवाद, लेनिनवाद, मावोवाद / विचारहरुलाई आत्मसाथ गर्दै लागु गर्ने र विकाश गर्दै संघर्षको कार्यक्रम तय गर्ने र संगठनलाई त्यस्ता नाराहरुका साथ जनतासंग एकाकार गर्नु ।
           २) शान्ति र जनताको राष्ट्रिय संघिय गणतन्त्रको स्थापना गर्दै जनवाद, समाजवाद, र साम्यवादको दिशातर्फ संगठनका सम्पूर्ण शक्ति र आम जनसमुदायलाई परिचालित गर्नु ।
           ३) क्रान्तिकारी युवा व्यक्ति, शक्ति र संगठन बीच ध्रुवीकरण र एकता गर्दै जानु ।
           ४) जातीय भेदभाब अन्धविश्वास सामन्तवादी तथा दलाल नोकरशाही पुजीवादी उपभोगवादी कुसंस्क्रितिका विरुद्ध सांस्कृतिक क्रान्तिलाई अगाडी बढाउनु ।
            ५) जनताको प्राप्त स्वोतान्त्रता, स्वाधिनता, सार्वभौमिकता र प्राकृतिक अधिकारलाई सोस्ने प्रतिक्रान्तिकारी षड्यन्त्र र कदम विरुद्ध शसक्त प्रतिकार गर्ने ।
            ६) राष्ट्रियता, जनतन्त्र र जनहितका लागि सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद र प्रतिक्रान्तिकारीहरु विरुद्ध संघर्ष गर्नु ।
           ७) नया नेपालको निर्माणको लागि राजनीतिक आर्थिक र सांस्कृतिक क्रान्तिलाई अनवरत अघि बढाउनु ।
            ८) रोजगारी, शिक्षा, स्वास्थ्य, खेलकूद र न्युनतम मानवीय अधिकार प्राप्तिको लागि विचारधारात्मक राजनीतिक, आर्थिक, संस्कृतिक पक्षहरुलाई जनहितको पक्षमा विकाश गराउनु ।
            ९) भ्रष्टाचारी, कुशासन, आतंक, कालोबजारी, घुषखोरी जस्ता विचलन विरुद्ध जनतालाई सुशुचित र आन्दोलित गराउनु ।
            १०) राज्यको हरेक नीति नियम निर्माण, कर्यान्वयन र संचालन तहमा कम्तिमा एक तिहाई युवाहरुलाई सहभागी गराउन दबाब दिनु वा त्यसले संवैधानीक व्यवस्था सुनीश्चित गर्नु । आदी