हाम्रो बारे

राजनीतिक अस्थिरतामा बर्षौ देखि रुमलिएको नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक विकासका निमित्त देशका सबै राजनीतिक दल तथा तिनिहरुका विभिन्न भातृ संगठनहरु बिचमा सद्भाव र सहकार्य हुनु अत्यन्त आवश्यक छ ।

राष्ट्रिय हित तथा नेपाली युवाको समग्र विकासका निमित्त सहकार्य र सदभावको वातावरण निर्माण गर्न सैदान्तीक विभेदका बाबजुद पनि देशका ८ मुख्य राजनीतिक दलहरुका युवा संगठनहरुले यस अनौपचारीक संजालको स्थापना गरेका हुन ।

२००९मा सुरु गरीएको यस अनौपचारीक संजालका उद्देश्यहरु निम्न प्रकार छन्ः

  • विभिन्न राजनीतिक युवा संगठनहरुको सहकार्य मार्फत देशको आर्थिक विकासका निमित्त महत्वपूर्ण योगदान पुरयाई आपसी सदभाव र मेलमिलाप कायम गरी देशलाई गतिशीलता प्रदान गर्ने ।
  • नेपालको समग्र सामाजिक तथा आर्थिक विकासका निमित्त विभिन्न राजनीतिक दलहरु र ती दलका भातृ संगठनहरुको सहकार्यले महत्वपूर्ण योगदान पुरयाउने हुनाले देशको अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यका साथ यस संजालको स्थापना भएको हो ।
  • राष्ट्रमा हुने विभिन्न खालका सामाजिक, आर्थिक तथा राजनीतिक द्धन्द्धलाई न्युनीकरण गर्ने ।
  • युवा विकासको लागि नीतिगत तहमा प्रयास गर्ने ।
  • यदि देशमा असामान्य तथा संकटकालको स्थिति र्सिजना भएमा सहकार्य गरी समाधान गर्न प्रयत्न गर्ने ।
  • वर्तमान युवा राजनीतिज्ञ तथा भविष्यका युवा राजनीतिज्ञको क्षमता बृद्धिको लागि कार्य गर्ने ।

यस संजालमा विभिन्न आठ वटा राजनीतिक दलका युवा संगठनहरुको सहभागिता रहेको छ । जुन यस प्रकार रहेका छन् ।
१) तराई मधेश युवा फ्रन्ट
२) नेपाल तरुण दल
३) प्रगतिशील युवा संघ, नेपाल
४) मधेशी युवा फोरम, नेपाल
५) मधेशी युवा फोरम, नेपाल (लोकतान्त्रिक)
६) सदभावना युवा मञ्च
७) युवा संघ, नेपाल
८) योङ्ग कम्युनिष्ट लीग, नेपाल